खुल्ला सीमानाकै कारण निर्वाचनमा सुरक्षा चुनौती

राजनीति समाचार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा दर्जनौ दलहरु मैदानमा होमिएका छन् । निर्वाचन नजिकिएसँगै दलहरु आ–आफनो प्रचार प्रसारमा जुट्न थालेका छन् । प्रचारका क्रममा एकले अर्कालाई गालीगलौज गर्ने र निर्वाचन आफ्नो पक्षमा पार्नविभिन्न हतकण्ड मच्चाउन सुरु गरेका छन् । खुला सिमाना रहेकालेभारतसँगै जोडिएको तराई भेगमा सुरक्षाको अवस्था मजबुत बनाउने काम सरकारले गर्नुपर्ने हुन्छ ।

त्यसले गर्दा पनि सरकारले सर्वसाधारण जनताको लागि मर्यादित र भयरहितवातावरण सिर्जना गर्नको लागि शान्तिसुरक्षाको सुव्यवस्थाबलियो बनाउनुपर्नेहुन्छ । तर, नेपाल र भारतको खुला सिमाना भएको कारण चोरीनिकासीदेखि हातहतियार, ओसारपसार हुदैँ आएको छ । त्यसको रोकथाम गर्न नेपाल र छिमकी राष्ट्र भारतबीच सहमति गरी सुरक्षा व्यवस्था राम्रो गर्नुपर्नेहुन्छ । तर सरकारले त्यो गरेको देखिदैन । खुला सिमानाको कारण शान्ति सुरक्षा असहज हुने सम्भावना बढेर गएको छ । सरकार र राजनीतिक दलहरुले सम्यम भएर त्यसको निकासा निकाल्नुपर्ने हुन्छ । तर अहिलेसम्म सरकार र दलहरुले समन्वय गर्न सकेका छैनन् । त्यसैगरी सरकारलाई सिमा आसपासमा सुरक्षा गस्तीलाई मजबुत बनाउनुपर्ने चुनौती त्यत्तिकै छ ।

सरकार र राजनीतिक दलबीच समन्वयकारी भूमिका नहुँदा सुरक्षाको चुनौती थपिदैँ गएको छ । अधिकांश राजनीतिक दलहरु निर्वाचन आफ्नो पोल्टामा पार्नको लागि विभिन्न योजनाहरु बनाइरहेका छन् । त्यसले गर्दा शान्ति सुरक्षामा कमी हुने देखिन्छ । सरकारले शान्तीपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्ने भनेतापनि दलहरुले सुरक्षाको ग्यारेन्टी नभएको बताइरहेका छन् ।सरकार र राजनीतिक दलहरुबीच समन्वय गरी शान्ति सुव्यवस्था कायम गर्नुपर्ने देखिन्छ ।

त्यसैगरी मतदाताहरु लाइनमा बस्दा सुरक्षा निकायले होसियारीपूर्वक नियमको पालना गरी मत खसाल्न सहयोग पु¥याउनुपर्ने दायित्व सुरक्षा निकायलाई छ । तर सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले मतदाताहरुलाई ठुलो ठुलो स्वर गरी तर्साउने काम पहिलाको निर्वाचनमा हुदैँ आएको थियो । यसपालि त्यो भन्दा बढि नहोला भन्न सकिदैन । त्यसकारण मतदाता, राजनीतिक दल, सुरक्षानिकाय र निर्वाचन आयोग सम्यम भएर लाग्नु पर्ने हुन्छ । यदि त्यो नभएको खण्डमा निर्वाचन बिथोलिन सक्छ । त्यसैले सम्बन्धित निकायहरुले होसियारी अपनाउनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *