रेणु र सोभिताकोचर्चा चुलिँदै

राजनीति समाचार

काठमाडौं । चितवन ३ मा नेपाली कम्युनिस्ट पार्टीकी रेणु दाहाल र रास्वपाकी सोभिता गौतमको जुन रुपमा चर्चा चुलिँदै गएको छ, त्यस्तै चर्चा झापा ५ मा केपी ओली र बालेन साहको छ भने सर्लाही ४ मा गगन थापा र अमरेश कुमार सिंहको छ । संगठन बलियो भएर हो अथवा प्रतिस्पर्धात्मक टक्कर भएर हो रास्वपाले प्रस्तुत गरेका उम्मेदवारका कारण बढी चर्चा पाएको देखिन्छ । सधैं चुनाव जितेका एमाले अध्यक्ष केपी ओलीलाई यसपटक चुनौती थपिएको छ ।

ओलीले झापा ५ बाट चुनाव त जित्छन् नै तर बालेनको चर्चाले पेचिलो बनेको छ । बालेनको विपक्षीमाथिकोे टिप्पणीले निर्वाचन आचारसंहितामै ठेस पु¥यायो । चुनावको प्रचारप्रसारका क्रममा घरदैलो अभियान सबै दलको आकर्षक छन् । चुनावी घोषणपत्रको तयारी बिनादलहरुले घरदैलो गरिसकेका छन् । रास्वपाका बालेन साहले पनि झापा, मोरङ, जनकपुर हुँदै ताप्लेजुङ पुगेर राजधानीमा एकदिन बिताएर पार्टीका उम्मेदवारहरुसँग सम्पर्क गरी कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्ला घुमिसके ।

तर, कांग्रेस, एमाले जस्तो ठूलो पार्टीका शीर्ष नेताहरुलाई भने जहाँ आफ्नो उम्मेदवारी छ, त्यहाँ धर्ना दिनुपर्ने वाध्यता भएको छ । नेकपाका अध्यक्ष केन्द्रमै विभिन्न टुक्राटाक्र्री पार्टीमा भित्र्याउँद्यै ठूलो पार्टी बनाउँदैछन् । काठमाडौं २ मा २०७९ मा चुनाव जितेकी सोभितालाई सो क्षेत्र यसपटक महंगो भएकोले चितवन झरेकी छिन् । उनले जनताको आस्वासन पुरा गर्नु त के विकास निर्माणमा समेत हस्तक्षेप गर्न नसक्दा चितवनमा जानुप¥यो । काठमाडौं २ मा बालेन समूहका सुनिल केसी आएका छन् । ठूला दलका उम्मेदवार पनि परम्परावादमा जोडिएका छैनन् । एमाले र कांग्रेसले पनि नयाँ अनुहार खडा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *