काठमाडौं । नेपाली कांग्रेसको सभापति भएको भए टिकट विक्रीवितरण र ठाउँ अनुसारको उम्मेदवारहरुलाई चुनाव खर्च बाड्नुपर्ने वाध्यताबाट शेरबहादुर देउवा मुक्त भएका छन् । आफ्नै इच्छामा १५ औं महाधिवेशन गर्न पाउँदा श्रीमती डा. आरजु राणालाई उपसभापति बनाउने योजनामा देउवा रहेका थिए । तर, छैठौं पटक प्रधानमन्त्री बन्ने आशा देखाएर एमालेका अध्यक्ष केपी ओलीले जता लान्छन् उतै लाग्दा आज यो दूदशा भोग्नुपरेको छ । पार्टीमा आफ्नो पहुँच हुँदा आफ्नै हनुमानहरुमार्फत पार्टी कब्जा गर्ने दाउ रच्नु राजनीतिमा नौलो कुरा थिएन ।
जेनजी विद्रोहले ज्यानकै खतरा सहेका देउवालाई जस्तो घाटा अरुको भएन । आफ्ना २० प्रतिशत सांसदका उम्मेदवारलाई पनि खर्च बाड्नु परेन र निर्वाचन प्रचार–प्रसारमा हिड्नु पनि परेन । ठूला दलका ठूला नेतामध्ये शेरबहादुरलाई जस्तो हाइसन्चो अरुलाई यो निर्वाचनमा छैन । देउवाका सहयोगीहरु बालकृष्ण खाँड, एनपी साउद, डा. प्रकाश शरण महत, नैनसिंह महर चुनावी मैदानमा उत्रिएका छन् । यसपटक शेरबहादुर पक्षले चुनावज जित्ने सम्भावना भएकामध्ये नैनसिंह महर र रमेश रिजाल अग्रपंत्तिमा छन् । डा. शेखर समूहका नेताहरु अधिकांश गगन थापा र विश्व प्रकाश शर्माको टीमा गएका छन् । समयमा भृकुटीमण्डप गएको भए डा. शेखर कोइरालाले सभापति पद पाउँथे । हिजो गिरिजासँग देउवाले पार्टी फुटाउँदा जसरी रामचन्द्रले सभापति बन्ने मौका गुमाएका थिए आज शेखरको अवस्था त्यही भएको छ ।
कांग्रेसले वामपन्थी शक्तिबाट नेकपा एमालेलाई प्रयोग गरेर २०७४ सालको निर्वाचनमा ७५ प्रतिशत मत भत्काएको थियो । गगन थापा, विश्व प्रकाश शर्मा र प्रदीप पौडेलहरुको नेतृत्वप्रति जनताको विस्वास जागेको बेला पुराना अनुहारहरु चुनाव प्रचारमा देखिनुपर्ने टेन्सनबाट मुक्त भएका छन् ।

