इरानसँग तेल खरिद गर्ने देशविरुद्व आर्थिक प्रतिबन्ध लगाउने ट्रम्पको धम्की

विविध समाचार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तेल खरिद गर्ने कुनै पनि व्यक्ति वा देशविरुद्ध आर्थिक प्रतिबन्ध लगाउने धम्की दिएका छन् ।

यो चेतावनी ट्रम्पले आणविक कार्यक्रम सम्बन्धी इरानसँग चलिरहेको वार्ता स्थगित भएपछि बिहीबार दिएका हुन् । यो हप्ताको अन्त्यमा इरान र अमेरिकाबीच हुने भनिएका परमाणु वार्ता लजिस्टिक र प्राविधिक कारण स्थगित भएको अमेरिकी समाचार माध्यमहरुले जनाएका छन् ।

ट्रम्पले इरानको तेल आयात गर्ने देशहरूमा व्यापारको प्रतिबन्ध लगाउने धम्की दिएपनि त्यसबारे स्पष्ट जानकारी दिएका छैनन् । तर, उनको यो भनाइले इरानको तेलको प्रमुख ग्राहक चीन भएकाले चीनसँग थप तनाव बढाउने जोखिम बढाएको समाचार माध्यमले उल्लेख गरेका छन् ।

अमेरिकी ऊर्जा सूचना प्रशासनले ट्यांकर ट्रयाकिङ डाटाको आधारमा गत अक्टोबरमा प्रकाशित एक प्रतिवेदनमा सन् २०२३ मा इरानको कच्चा तेल निर्यातको ९० प्रतिशत हिस्स चीनले खरिद गरेको निष्कर्ष निकालेको थियो ।

आयात करका कारण अमेरिका र चीनको व्यापारिक सम्बन्ध यसअघि नै तनावपूर्ण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *