कालीगण्डकी करिडोरको भौतिक प्रगति हालसम्म ८५ प्रतिशत

विविध समाचार

काठमाडौं । बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको राहुघाट–तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र भएको छ।

सडकलाई ११ मिटर फराकिलो बनाएर पानीको निकासका निम्ति नाली र पर्खाललगायत संरचना तयार भएपछि कालोपत्र गरिएको हो। म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी नागढुङ्गासम्मको १९ किलोमिटर सडक कालोपत्र गर्न २०७४ सालमा रु ६६ करोडमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो।

निर्माण कम्पनीका अनुसार राहुपारे–बैसरी–कुनौटा–बेगखोला– कालीओडार– तिप्ल्याङ–महभिर–भिरकाटे–घार बैसरी– रातोपानी–पोखरेबगर–भुरुङ तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र पूरा भएको छ।

चारसय ३५ किलोमिटर लामो कालीगण्डकी करिडोर पर्वतको मालढुङ्गाबाट म्याग्दी हुँदै मुस्ताङको कोरला पुग्न दुई लेनकोे २०२ किलोमिटर सडक आर्थिक वर्ष २०७३/७४ देखि कालोपत्र गर्न सुरु भएको हो। हालसम्म यसको भौतिक प्रगति ८५ प्रतिशत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *