को बन्लान् सुनामीको सिकार ?

राजनीति समाचार

काठमाडौं । निर्वाचनको पर्दा जतिक खोलिन्छ त्यति जित्ने र हार्नेहरुको चर्चा बढ्दै जान्छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र (बालेन) साह, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले नेता देवराज घिमिरे, रास्वपाकी इन्दिरा राना, कांग्रेस सभापति गगनकुमार थापा, रास्वपाका नेता डा. अमरेश कुमार सिंह, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड), निरज पुन, रास्वपा सभापति रवि लामिछाने र कांग्रेसकी मिना खरेल, नेपाली कम्यूनिस्ट पार्टी नेता तथा तत्कालीन भरतपुरकी मेयर रेणु दाहाल, रास्वपाकी सोभिता गौतम, एमालेका सचिव महेश बस्नेत, कांग्रेसका कविर राणा, रास्वपाका राजीव खत्रीलगायत उम्मेदवारका बारेमा सर्वसाधारण जनताबीच चर्चा र चासो बढिरहेको छ । प्रधानमन्त्रीका दावेदार एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्म घर तेह्रथुप भएपनि कर्मघर झापा र त्यो क्षेत्र उनकै एकछत्र बनेको छ । अरुमा जेसुकै होस् झापा ५ र ३ मा राप्रपा र एमालेबीच २०७४ सालमा गठबन्धन भएको थियो । यसपटक देखिने गरी राप्रपा र एमालेको गठबन्धन भएको पाइँदैन ।

संकटमा साथी चाहिन्छ । तर स्वार्थ पुरा गर्ने साथीभन्दा मित्रत र सौहार्दता ठूलो कुरा हो । प्रधानमन्त्री छँदा ओलीले भनेका थिए, ‘हामी बहुमत ल्याउँछौं, हाम्रो संगठन छ, विचार र योजना छन्, विकासको खाका छ । एमालेमा विचार मिल्ने र जबज मान्नेकै बीचमा द्वन्द्व सिर्जना गर्न कुन मोडलको एआई प्रवेश ग¥र्यो ? जहाँ सुरेन्द्र पाण्डे, योगेश भट्टराई, अष्ठ लक्ष्मी शाक्य, युवराज ज्ञवालीजस्ता नेताहरुले यसपटकको निर्वाचनमा टिकट पाएनन् । गगन थापाले यथास्थितिमा रमाएका प्रधानमन्त्री पदमा पाँचौ पटक पुग्दा देश र जनताले सम्झने गरी केही नदिए पनि तुच्छता देखाएनन् । आफ्नै अगाडि आलोचना गर्दा सुन्ने धैर्यता नलिने शेरबहादुर देउवाको शालिनताको तीनले फाइदा उठाए । तर, तीनैले आफ्नो नेतृत्वलाई स्वीकार गर्न रुची नभएकाहरुलाई टिकट थमाए ।

प्रचण्ड गुन त्यही हो । उनी पार्टी नेतृत्व र आफै सरकारमा पुगेर केही गरौं भन्दै छन् । उनका विरुद्धमा आज दश वर्षसम्मसँगै लडेका डा. बाबुराम भट्टराई, जनार्दन शर्मा, नेत्रविक्री चन्द जस्ता पार्टीका धरातल गुमाएका विद्धानहरु खडा भएका छन् । यीनलाई प्रयोग गरेर प्रचण्डलाई रुकुम पूर्वमै थान्को लगाउन एमालेले निरल पुनलाई ठूलो मान्छेले ठान्यो । जब कि ओली र देउवाले २०७९ को स्थानीय निर्वाचनमा रोल्पाको थवाङ्ग–४, चन्दकै वडामा साथ दिँदा वडा अध्यक्षको जमानत जोगिएन ।
रास्वपाका बालेन साह चुनाव हारुन् वा जितुन् एमालेका अध्यक्ष ओलीको पराजय पार्टीका लागि घातक हुन्छ ।

चुनावको दिनसम्म (गोप्य प्रचार–प्रसा)मा जे बोलेपनि हुन्छ । तर, जनताले रुचाएनन् भने प्रचण्ड, गगन र रविविरुद्ध गरेको वकवासको अर्थ हुन्न । जनताले दलहरुलाई बढी जिम्मेवार बन, पारदर्शी होऊ, संविधानको ख्याल गर, रोजगारी देउ, भ्रष्टाचार रोक, अपराधीलाई कारबाही गर भन्दा दुई तिहाईको धमास दिने त्यो राज्यसत्तामा यिनै थिए । रवि लामिछाने आफै बढी बाठो हुँदा आर्थिक मात्र होइन प्रशासनिक पाटोमा समेत जाकिनुको मूल कारण नै पार्टीको स्पष्ट नीति र सिद्धान्त नहुनु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *