चितवन ३ चारपक्षीय भिडन्त हुने

राजनीति समाचार

काठमाडौं । ‘क’ वर्गको ठेक्कापट्टाबाट फाइदा लिँदा राज्यको कालो सूचीमा परेका राप्रपाका विक्रम पाण्डे यसपटक थला परेका छन् । यसपटक चितवन ३ मा नेकपाकी रेणु दाहाल, कांग्रेसका टेक प्रसाद गुरुङ, रास्वपाकी सोभिता गौतम, एमालेका शंकर थपलिया र राप्रपाका दीपक थापा मगर प्रतिस्पर्धामा छन् । राप्रपाका पाण्डेको खासै सक्रियता छैन । तर, उनले भरतपुर महानगरबाट आफ्नो कम्पनी कालिका कन्ट्रक्सनले पाएको कामको गुण तिर्ने वचन रेणु दाहाललाई दिएका छन् । कांग्रेसका युवा नेता नरेश कोइराला यसपटक ओझेलमा पर्ने सम्भावना छ । ंउनले २०७९ को स्थानीय निर्वाचनमा मेयर पदमा भुँई कटहर चिन्ह लिएर प्रतिस्पर्धा गर्दा पनि दोस्रो मत पाएका थिए ।

भरतपुर महानगर पालिकाको प्रमुख बन्दा रेणु दाहालले गरेका कामले कांग्रेस र माओवादीको त्यो गठबन्धनको इज्जत धानेको थियो । तर, यसपटक भोट रास्वपाकी सोभिता गौतमलाई दिएर कांग्रेसका पुराना नेता टेकप्रसाद गुरुङमाथि घात गर्ने अवस्थामा चितवन कांग्रेस छैन । पार्टीको मत पार्टीकै उम्मेदवारलाई दिलाउने गरी कार्यकर्तालाई निर्देशन दिन सक्ने अवस्थामा नेतृत्व सफल भएको बताइन्छ । कांग्रेसले शेरबहादुर देउवालाई यथावत राखेर चुनावमा जान्थ्यो भने परिणाम उल्टो बेहोर्नुपर्ने अवस्था थियो । रास्वपाप्रतिको जनलहर काम हेरेर आएको होइन, कांग्रेस–एमाले गठबन्धन सरकार बन्दा जनता असन्तुष्ट भएको फाइदा रास्वपाले उठाएको मात्र हो ।

रास्वपाले राम्रो काम गरेर, संगठन गरेर जनतालाई प्रतिफल दिएर चुनावी लहर ल्याएको होइन । अहिले पनि रास्वपाबाट उम्मेदवार बनेकाहरु अधिकांश विभिन्न काण्डमा मुछिएका छन् । कतिपय विदेशी एजेन्ट रहेको तथ्यहरु बाहिरिइरहेका छन् । निर्वाचन नजिकिँदै गर्दा पार्टी नेतृत्व र उम्मेदवारहरु विभिन्न काण्डमा मुछिएको समाचार सञ्चार माध्यमहरुमा आउन थालेपछि रास्वपाका नेता, कार्यकर्ता र केही समानुपातिक उम्मेदवारहरु धमाधम अन्य पार्टीतिर प्रवेश गर्नेको लर्को लाग्न थालेको छ । पुराना दलका नेताहरु पनि सबै चोखा छैनन् । त्यसले गर्दा चितवन नेकपा, कांग्रेस, एमाले र रास्वपाबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *