मतदाताको कडा प्रश्न, उम्मेदवार नाजवाफ

राजनीति समाचार

काठमाडौं । फागुन २१ गते जति नजिकिँदै छ, त्यहीँ रफ्तारमा दलीय समीक्षा हुँदैछ । पुराना दलहरु नेपाली कांग्रेस र नेकपा एमाले जेनजी आन्दोलनको रक्षात्मक भएका छन् । कांग्रेसका देउवापक्षीय नेताहरुले सार्वजनिक बहसमा आउने आँट गरेका छैनन् । तर, नेकपा एमाले अध्यक्ष आफै चुनावी मैदानमा झापा ५ मै केन्द्रित छन् । ओलीलाई नेकपाका रन्जित तामाङ्गसँग डर छैन राप्रपाका लक्ष्वी संग्रौलासँग डर हुने कुरै भएन । तर, उनले काठमाडौं महानगरको प्रमुख हुँदा सरकारमाथि ब्यंग्य प्रहार गर्ने उनै बालेन्द्र साहसँग प्रतिस्पर्धा हुने देखिन्छ । समय सधैं एकनास हुँदैन । ओलीले २०६४ सालबाहेक सधैं झापा ५ बाट निर्वाचित हुँदै आएका थिए । यसपटक भने झापा ५ भूमिहीन सुकुम्वासीले ओलीमाथि असन्तुष्टि प्रकट गर्दै प्रश्न उठाएका छन् ।

आफ्ना कमीकमजोरीको ख्याल नगर्ने र गल्ती नस्वीकार्ने जोसुकै नेतालाई यसपटक मतदाताहरुले कडीकडाउ गर्ने भएका छन् । जनमतमा बढी आक्रमणमा परे तापनि एमालेका अध्यक्ष ओलीले हरेस भने खाएका छैनन् जति उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङको छ । कांग्रेसका सभापति गगन थापा काठमाडौं ४ छोडेर सर्लाली ४ मा पुगेका छन् । तराइका जिल्लामा झापाली जनता जस्तो सचेत प्रश्न–उत्रर खोज्ने अवस्था देखिँदैन । आफै ३ थरी काण्ड लागेर चुनावी सरकारलाई प्रयोग गरेका विगतको ३ कार्यकालको जस्तो हाइसन्चो थापालाई पनि छैन । उता, चितवन २ मा अदालती धेरौटी राखेर चुनावी मैदानमा भिड्न आएका रास्वपाका रवि लामिछानेविरुद्ध कांग्रेसले मिना खरेल जस्ता समाजसेवी र चर्चित महिलालाई चितवन २ मा उम्मेदवार बनाएको छ । किन कि सरकारमा हुँदा गल्त सबैले गरेका छन् । गल्ती गर्नेलाई चुनावका बेला डर हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *