ananta gurung

आम चुनावको परिणामले खुसी ल्यायो

राजनीति लेख

अनन्त गुरुङ

९२०८२ साल फाल्गुण २७ गते बुधवारको तामाकोशी सन्देश राष्ट्रिय सपताहिकमा प्रकाशित०
यहि २०८२ साल फाल्गुण २१ गते आम निर्बाचन शान्ति पूर्वक सम्पन्न भयो । चुनाव हुन्छ वा हुँदैन भन्ने धुकचुक सबैको मनमा थियो । चुनाव भए पनि शान्तिपूर्ण हुन्छ वा हुँदैन भन्ने संकाले धेरैलाई सताएको थियो । नेपालको यो चुनाव भन्दा केहि समय अगाडि बंगलादेशमा पनि आम चुनाव भएको थियो । त्यहाँ अनेक बाँधाहरु हुँदाहुदै पनि आम चुनाव शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको थियो । त्यो देखीसके पछि नेपालमा पनि आम चुनाव शान्तिपूर्ण हालतमा सम्पन्न हुनसक्ने संकेत मिलेको थियो । नभन्दै त्यस्तै नै भयो र चुनावको परिणाम पनि उस्तै मिल्दो जुल्दो नै आयो ।

फरक के भयो पनि बंगलादेशमा दुईतिहाई बहुमत पुरानै प्रतिपक्ष दललाई प्राप्र भयो भने नेपालमा लगभग दुईतिहाई बहुमत नयाँ दललाई प्राप्त हुनसक्ने अवस्था बनेकोछ । नयाँ दल राष्ट्रिय स्वतंत्र पार्टीका नेता द्वय बालेन र रबि लामिछानेले यो पटक चमत्कार नै गरी देखाउनु भएकोछ । पुराना स्थापित दलहरु एमाले, नेका र नेकपाको लगभग पत्तासाफ नै भएको जस्तो हालतमा पुगेकाछन । रबि लामिछानेले गत आम चुनावमा खोलेको नयाँ दल राष्ट्रिय स्वतंत्र पार्टीले दल खोलेको तीन महिना भित्र नै आम चुनाव लडेर उक्त दललाई चौथो ठुलो राष्ट्रिय दल बनाउने सफलता पाएकाथिए । पुराना दलहरुको लागि रबिको उक्त अप्रत्यासित सफलताले नाकमा दम गरी राखेको थियो त्यसैले रबिलाई फँसाउनको निमिक्त उचित अवसर खोजी बसेका थिए । त्यो बेला ठुला दलहरु प्रधानमंत्री सम्मको अफर लिएर रबि लामिछानेकोमा लगातार धाउने गरेका थिए ।

रबिले पनि राजनीतिमा लागेको पद पावर पाउनको लागि नै हो भन्ने सोची अफर आएको बेलामा त्यसबाट फाईदा लिने निष्कर्षमा पुगेका थिए । त्यसरी उचित नै हो भन्दै रबिले दुईपटक छोटो छोटो समयको लागि गृह्यमंत्रीको रुपमा काम गर्ने अवसर लिए । उता पुराना दल एमालेका शीर्ष नेता निवर्तमान प्रधानमंत्री आली भने गोहीले झै आँशु बगाउँदै रबि लामिछानेलाई क्र्यापझ्याप बनाउनको लागि अवसर हेरी बाटो ढुकी बसेका थिए । सबै भन्दा पछिल्लो चोटी ओली(देउवा सरकारको नेतृत्व गर्दै ओली प्रधानमंत्री हुनुभएपछि यहि उचित अवसर हो भन्दै रास्वपा दलका मुखिया रबि लामिछानेलाई सहकारीको बिभिन्न गलत मुद्दाहरु बनाएर जेल हाल्ने बन्दोवस्त मिलाएका थिए ।

जेल हालेर पनि चित्त नबुझेपछि ओली(देउवा सरकारले उहाँलाई जिल्लै पिछे ६र७ जिल्लाहरुमा मुद्दा चलाउँदै रातको समयमा सुत्न समेत नदिएर अड्डासार गरी त्रिशुली नदीमा खसाएर मार्ने सम्मको षडयंत्र गरेकाथिए । भगवानको कृपाले गर्दा उहाँलाई त्यसरी मार्न सकेनन् तर दुस्ख भने खुबै दिए । हिमाल, पाहाड र तराईको अनेक जिल्लाहरुमा अड्डासार गर्दै आखिरमा रुपन्देही जिल्लाको एक जेल भित्र झ्याल पनि नभएको कालकोठरीमाबन्दी बनाएर लगभग ६ महिना अमानवीय तरिकाले थुनुवा बनाएर राखेका थिए । मध्यगर्मीको समयमा त्यसरी थुनिएर बस्नु पर्दा रबि लामिछाने जी अति ने बिछिप्त बन्नु भएको थियो । घोर जन दबाब र सर्बोच्चको आदेशले मात्रै उहाँलाई पछि बढो मुस्किलले काठमाण्डौको नखु जेलमा सार्न ओली(देउवा सरकार तयार भएको थियो । यस्तो नाजुक हालतमा पनि रबि लामिछानेले कहिले हिम्मत हार्नु भएन र उच्चमनोबलको साथ ओली(देउवा सरकारको कुर्सीलाई हल्लाउने कार्य निरन्तर चालु नै राखीरहेका थिए ।

आजको दिनमा अमेरिकाको नागरिकता त्यागेर नेपाल राष्ट्र र नेपाली जनताको सेवा गर्छु भन्दै नेपाल फर्किने उहाँ भन्दा मूर्ख अरु कोही छैन । उहाँ सुरुमा नेपाल फर्के पछि आफ्नो जीविका चलाउनको निमिक्त पत्रकारको रुपमा प्रस्तुत भएका थए । पत्रकारको रुपमा पनि उहाँले मानवीय धर्मलाई भुलेका थिएनन् त्यसैले खाडी मुलुकहरु लगायत मलेशियामा अलपत्र परेका नेपालीहरुको उद्धार गरी उनीहरुको परिवारजनलाई आर्थिक सहायता सम्म दिने दिलाउने काम गरेका थिए । नेपाल भित्रै पनि आफ्नै अगुवाईमा कालिकोटमा आधुनिक सुबिधाले सम्पन्न अस्पताल बनाएर स्थानिय नेपाली जनताको सहायता दिलोज्यानले गरेकाछन ।यस्ता दानवीर कर्मयोगीलाई पनि पुराना दलहरुले रबिको सरोकार नै नभएको सहकारी काण्डमा मुछेर जेल हाल्ने सम्मको अत्याचार उहाँ माथि गरेका थिए । अति गर्नु अत्याचार नगर्नु भन्छन तर पुराना दलहरु खास गरी एमालेका मुखिय ओलीले रबि लामिछानेलाई ज्यानै मार्ने सम्मका कस्ट दिन बाँकी राखेनन् ।

भगवानको घरमा देर भएपनि अधेर छैन भन्ने जनबिश्वास नेपालमा कायम छ । नेपालका हिन्दूधर्मालम्बीहरुले यो कुरामा धेरै बिश्वास राख्दछन । भगवान पशुपतिनाथको कृपाले अचानक नेपालमा जेन जेड आन्दोलन चर्कियो । अपराधको घैंटो भरीसकेको हुनाले ओली(देउवा सरकारको नेतृत्व गरी बसेको एमाले शीर्ष नेता निवर्तमान प्रधानमंत्री ओलीको मनमा षडयंत्र फुर्दा ७७ निहत्था जेन जेड बालकहरुको ज्यान जानेगरी तत्कालिन एमालेले नियुक्त गरेको नेपाल प्रहरीको प्रमुख चन्द्रकुवेर खापुङले गोली चलाउने आदेश दिन भ्याए । त्यो भन्दा पहिले पनि तिनकुनेमा षडयंत्र पूर्वक ४ व्याक्तिको ज्यान जानेगरी राजवादीहरुको प्रदर्शन भाँड्न भिजीलान्ते प्रहरीहरुलाई हतियार सहित परिचाल गर्न एमाले शीर्ष नेता ओलीले नै अराएका थिए । लोकतंत्रमा शान्तिपूर्ण बिरोध प्रदर्शन सबैले गर्न पाउँछन तर एमाले शीर्ष नेता ओलीले भने प्रतिपक्षले आयोजना गरेको शान्तिपूर्ण जुलुशलाई भाँड्न कै लागि उसै दिन एकै समयमा एकै ठाउँमा आफ्न पार्टी भित्र आबद्ध गुण्डाहरुलाई परिचालन गरी काउन्टर जुलुश निकाल्ने गर्दै आएका थिए ।

यस्ता षडयंत्रकारी एमाले शीर्ष नेता ओली कै कारण जहिले पनि जहाँ पनि मुठभेट हुने गरेको थियो । यस्तो बलेको आगो निभाउँला भन्दा उल्टै घीउ थप्ने एमाले शीर्ष नेता ओली कै कारण जहाँ पनि जहिले पनि सघर्ष, लडाई र झगडा हुँदै आएको कुरा सबैलाई जानकारी छ । हगी पनि सक्यो दैलो पनि देख्यो भनेको जस्तो नहत्था जेन जेड बालकहरुको हत्या भईसकेपछि नेपाली जनताको प्रकोपबाट बच्नको लागि पुराना दलका नेताहरुले नेपाली सेनाको सहायता लिन पुगेका थिए । नेपाल प्रहारीले हात उठाईसके पछि पुरानो दलका नेताहरुको लागि नेपाली जनताको आक्रोशबाट बच्ने अन्य उपायहरु केही पनि बाँकी बचेका थिएनन् ।नेपाली सेनाले सर्त राखे अनुसार एमाले शीर्ष नेता निवर्तमान प्रधानमंत्री ओलीले प्रधानमंत्रीको पदमा राजिनाम गरे पश्चाद मात्रै नेपाली सेनाले पुराना दलहरुलाई आफ्नो सुरक्षाघेरामा लिएर लुकाउने छिपाउने र हेलीकप्टरमा ओलीलाई राखेर गोप्य स्थानमा लुक्न पुर्याउने सम्मको सहयोग दिएका थिए ।

यसरी बालबाल बचेका एमाले शीर्ष नेता निवर्तमान प्रधानमंत्री ओलीले जेन जेड बालकहरुको हत्याको जिम्मेवारी लिन ईन्कार गरेको भएतापनि कार्की आयोगले उहाँ लगायत तत्कालिन गृह्यमंत्री र नेपाल प्रहरी प्रमुखलाई द्बोषी करार गरेको छ । वर्तमान प्रधानमंत्री सुशीला कार्की र उहाँको नेतृत्वको क्याबिनेटले चुनाव भाँडिने डरले जाँचबुझ आयोगको प्रतिवेदनलाई रोकेर राखेका थिए तर अब आम चुनाव शान्तिपूर्ण तरिकाले सम्पन्न भईसकेको हुँदा कानुनी कार्यबाही अगाडि बढाएकी छिन । आफ्नो नेतृत्वको सरकारको हातबाट अपराध भईसकेपछि त्यसको जिम्मेवारी सहजरुपमा लिनु पर्नेमा तत्कालिन ओली(देउबा सरकारको नेतृत्व गरी बसेको एमाले शीर्ष नेता प्रधानमंत्री ओलीले त्यसको जिम्मेवारीबाट पन्छिन खोज्नु पनि आपराध नै हो । अब लगभग २र३ बहुमतको साथ बालेनको नेतृत्वमा रास्वपाको एकलौटी सरकार बन्ने पक्कापक्की भईसकेकोछ । बालेन कुनै दबाबमा पर्ने वा कसैको कुरा सुनेर मोलैजा गर्ने नेता होइनन् ।

नयाँ सरकारले नै अब कार्की आयोगले सिफारिसगरे अनुसार जेन जेड बिरुद्ध कैयौंको ज्यान जाने गरी भएको आक्रमणमा संलग्न आक्रमणकारीहरुलाई कानुनी कार्यबाही चलाउनु पर्ने हुन्छ । जति पनि पुराना भ्रष्टाचार र आर्थिक अपराधका काण्डहरुको चीरफार र फोरफारक गर्ने जिम्मेवारी पनि नेपाली जनताले अब रास्वपाको बलेन नेतृत्वको सरकारलाई नै दिएकोछ ।कामनपाको मेयरको रुपमा बालेनले गरेको कामलाई मन पराएर नै नेपाली जनताले अभूतपूर्व साथ सहयोग आम चुनावमा रास्वपालाई दिएकाहुन । पुराना दलहरुले नेपाल राष्ट्र र नेपाली जनताको बिरुद्ध अहिले सम्म गरेका सबै अन्याय अत्याचारको हिसाब किताप लिएर त्यसको फोरफारक गरी उनीहरु माथि कानुनी कार्यबाही चलाउने जिम्मा नेपाली जनताबाट रास्वपा सरकारको नेतृत्व गर्ने बालेन ले नै पाएकाछन ।

यो पटक नेपाली जनता साक्षत जनताजनार्दन बनेर रबि र बालेनको शीरमा हात राखी पुराना दलहरुलाई कार्यबाही गर्न सक्ने बर्दान दिएकाछन । यस्ता बर्दानी रबि र बालेनले नेपाली जनताको पक्षमा हित हुने गरी नेपाल राष्ट्रको अस्तित्व जोगाउने गरी निस्पक्ष कानुनी कार्यबाही चलाउने छ भन्ने कुरामा कुनै संका वा दुविधा छैन ।संघियता र गणतंत्रको बिषयमा पनि गम्भिरता पूर्वक मन्थन गरी टुंगा लगाउनु पर्ने हुन्छ । साथै नेपाली जनताको भावना र चाहाना अनुसार नै राजतंत्र र वैदिक सनातनी हिन्दूधर्मको बिषयलाई पनि नेपाली जनतालाई जित महसुस हुने गरी टुंगो लगाउने छन भन्ने पूर्णबिश्वास छ ।साथै नेपाली जनतालाई यो आम चुनावको परिणामले दिएको खुसीको क्षणलाई दीगो, भरपर्दो र असरदार बनाउनको लागि रबि र बालेनको जोडीले कुनै कसर बाँकी नराखी हरसंभव उपायहरुको उपयोग गर्न नेपाली जनताको आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *