काठमाडौं । विगत लामोसमयदेखि नेपालको अर्थतन्त्र चलायमान हुन सकेको थिएन । अर्थतन्त्र चलायमान नहुँदा बैंकहरुमा पैसा थुप्रिदै आएको थियो । उद्योगी र व्यापारीहरुले पनि बैंकबाट ऋण लिन छाडेका थिए । अर्काेतर्फ अधिकांश नेपालीहरुले ऋण लिएर विदेशीने गरेका थिए । अर्थतन्त्रकै कारण नेपाल ग्रे लिस्टमा परेको थियो । अब बन्ने सरकारले नेपाललाई ग्रे लिष्टबाट कसरी बाहिर ल्याउँछ त्यो पनि निश्चित छैन । उता, बैंकमा पैसा थुप्रिएको छ भने बैकहरुले लगानी गरेको ऋण पनि उठाउन सकेका छैनन् । बैंकहरुले ऋणीहरुबाट धितो लिलामीकोे सूचना दिनप्रतिदिन सार्वजनिक गरिरहेका छन् । यस्ता विषयमा आगामी बन्ने सरकारले कस्तो नीति ल्याउँछ त्यो निश्चित भइसकेको छैन ।
जेनजी सरकारबाट बनेका अर्थमन्त्री रामेश्वर खनालले राष्ट्र बैंकमा डिपुटी गर्भनर नियुक्ति गर्न ढिला गरेका थिए । किनकी विवादमा पर्ने डरले डिपुटी गर्भनर निलम ढुंगाना र बम बहदुर मिस्रको जागिर गत सोमबारबाट सकिएको छ । डिपुटी गर्भनरको अवधि सकिनुभन्दा अगाडी डिपुटी गर्भनरको नियुक्ति हुनुपर्ने थियो तर आगामी बन्ने सरकारले डिपुटी गर्भनर नियुक्ति गर्नुपर्ने हुन्छ । डिपुटी गर्भनरहरुको ताँती यसप्रकारका रहेका छन् । जसमा दिर्घ बहादुर रावल, डा. रामशरण खरेल, नरेश शाक्य राम पौडल, रेवती प्रसाद नेपाल दयाराम शर्मा, विश्रुत थापा, गुरु प्रसाद पौडेल, डा. सतेन्द्र तिमिल्सिना, किरण पण्डित, तेजप्रसाद उप्रेती, रोशन कुमार सिग्देल, निश्चल अधिकारी,डा. डिल्लीराम पोखरेल, दिपक राज लामिछाने, अर्जुन दाहाल, राजन विक्रम थापा राजेन्द्र भट्टराई लगायतका व्यक्तिहरु डिपुटी गर्भनर बन्नको लागि दौडधुप गरिरहेका छन् ।
अब बन्ने सरकारमा को अर्थमन्त्री बन्छ त्यसको निगराहमा डिपुटी गर्भनर नियुक्ति हुने भएका छन् । डिपुटी गर्भनर नियुक्तिमा स्वच्छ छवि र इमान्दार व्यक्तिहरुलाई नियुक्ति हुन्छन् कि पैसाको चलखेलबाट डिपुटी गर्भनरका नियुक्ति गरिन्छ त्यो प्रतिक्षाको विषय बनेको छ ।

