अमेरिकन फ्रिडम पार्टी र रास्वपाको चुनाव चिन्ह किन एउटै ?

राजनीति समाचार

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्नेमध्ये ६ वटा दलले राष्ट्रिय पार्टीको मान्यता प्राप्त गरेका छन् । ती दलहरुबाट प्रत्यक्षतर्फ ३ हजार ४ सय ९० जनाले उम्मेदवारी दिएका थिए । ३ हजार ४ सय ९० उम्मेदवारमध्ये अधिकांशको जमानत जफल भएको छ भने ६ वटा दलले राष्ट्रिय पार्टीको मान्यता पाएका छन् । राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५८ सिटमा जित निकालेर दुई तिहाई बहुमत प्राप्त गरेको छ । दोस्रोमा नेपाली कांग्रेस, तेस्रोमा नेकपा एमाले, चौथोमा नेपाली कम्युनिस्ट पार्टी, पाँचौंमा श्रम संस्कृति पार्टी र छैटौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन् ।

तर, दुई तिहाई बहुमतसहित जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने सन् २०१० जनवरी ५ मा संयुक्तराज्य अमेरिकामा दर्ता रहेको अमेरिकी स्वतन्त्र पार्टी जसको चुनाव चिन्ह घण्टी रहेको पाइन्छ । सोही पार्टी नेपालमा २०७९ असार ७ गते रवि लामिछानेले निर्वाचन आयोगमा दर्ता गराएका थिए । रास्वपाको चुनाव चिन्ह घण्टी र झन्डाको रङ्ग पनि अमेरिकी स्वतन्त्र पार्टीसँग मिल्दोजुल्दो रहेको पाइन्छ ।
(अमेरिकी स्वतन्त्र पार्टी) अमेरिकाको क्यालिफोनिर्यामा सन् १९६७ मा स्थापना गरिएको थियो ।

उक्त पार्टी जर्ज वालिसको राष्ट्रपतिको उम्मेदवारीलाई सहयोग गर्न खोलिएको थियो । १९६८ को अमेरिकी राष्ट्रपतिको निर्वाचनमा जर्ज वालिस स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दा उनलाई सहयोग अमेरिकी स्वतन्त्र पार्टी सक्रिय रहेको पाइन्छ । अमेरिकामा १९६८ मा भएको राष्ट्रपतिको निर्वाचनमा जर्ज वालिसलाई अमेरिकन स्वतन्त्र पार्टीले सहयोग गरेको थियो । उक्त पार्टी अमेरिकामा रुढिवादी विचारधारणसँग सम्बन्धित थियो । सो निर्वाचनपछि अमेरिकन स्वतन्त्र पार्टी क्यालिफोर्नियामा सानो राजनीतिक दलको रूपमा स्थापित भएर विभिन्न निर्वाचनहरूमा उम्मेदवार उठाउँदै आएको पाइन्छ । अमेरिकन स्वतन्त्र पार्टीको चुनाव चिन्ह घन्टी रहेको पाइन्छ ।

नेपालमा सबैभन्दा ठूलो दल भएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले त्यही अमेरिकन स्वतन्त्र पार्टीको सिको गर्दै चुनाव चिन्ह घण्टी लिएको छ भने झन्डाको कलर निलो राखेको छ । चुनाव चिन्ह, झन्डाको रङ्ग र विचारधार अमेरिकन स्वतन्त्र पार्टीसँग मिल्दोजुल्दो भएकाले निर्वाचनमा सर्वाधिक मत दिए तापनि निर्वाचनपछि मतदाताहरु रास्वपाको गतिविधिबाट सशंकित हुन थालेका छन् । रास्वपाको नाम, चुनाव चिन्ह, झन्डाको रङ्ग र विचार अमेरिका फ्रिडम पार्टीसँग मिल्दोजुल्दो भए तापनि काम नेपाल र नेपालीको पक्षमा हुनुपर्ने सर्वसाधारणको आशा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *