सांग्रिला डेभलपमेन्ट बैंकद्वारा फरक क्षमता भएका व्यक्तिलाई वित्तीय साक्षरता कार्यक्रम

अर्थ/वाणिज्य समाचार

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले फरक क्षमता भएका व्यक्तिहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। नेपाल बहिरा संघसँगको समन्वयमा काठमाडौंमा आयोजित कार्यक्रममा ४० जना सहभागी भएका थिए।

कार्यक्रममा आम्दानी, बचत, वित्तीय सुरक्षा, बैंकसँगको कारोबार, डिजिटल साक्षरता, स्मार्ट पैसा व्यवस्थापन, लगानी, प्रतिफल र जोखिमलगायत विषयमा प्रशिक्षण दिइएको थियो। प्रशिक्षक विनोद नरसिंह श्रेष्ठले सहभागीलाई उपयोगी वित्तीय ज्ञान प्रदान गरेका थिए।

कार्यक्रमलाई सहज बनाउन सांकेतिक भाषा दोभाषे उमा पौडेल र प्रकाश महर्जनले सहजीकरण गरेका थिए।

कार्यक्रमको समापनमा राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष केसीले कार्यक्रम निकै उपयोगी रहेको बताउँदै आर्थिक क्षेत्रमा यस्ता तालिमका लागि बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरिरहेको जानकारी दिए।
सांग्रिला डेभलपमेन्ट बैंकले हाल देशभर १०९ शाखा कार्यालय र ३० वटा स्वचालित नगद वितरण मेसिनमार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकतामा राख्दै आगामी दिनमा सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *