बीमा कम्पनीमाथि कारबाहीको डण्डा

राजनीति शिक्षा/स्वास्थ समाचार

अघिल्लो सरकार हुँदा समानान्तर सत्ता चलाउँदै आएका एक चर्चित विचौलिया रास्वपाको सरकार बन्ने भएसँगै कारवाहीमा परेका छन् । सरकारी लगानीको बीमा कम्पनी डुबाउन कम्मर कस्सेर लागिपरेका विचौलिया नयाँ सरकार बन्ने सुरसार हुँदा अप्ठ्यारोमा परेका छन् । हिमालयन रिइन्स्योरेन्सलाई बिजनेस दिएर सरकारी लगानी रहेको नेपाल पुनर्बीमा कम्पनीबाट हिल्टन होटलको रिइन्स्योरेन्स दायित्व भुक्तानी गराउन खोज्दा विचौलिया दीपक भट्ट अप्ठ्यारोमा परेका छन् ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन हुँदा शेरबहादुर देउवाको छोरा जयवीरको समेत लगानी रहेको भन्दै तारे होटल हिल्टनमा तोडफोड र आगजनी भएको थियो ।

सो क्षतिको दायित्व हिमालयनबाट नेपाल रिका सार्न खोज्ने एलियन्ट, हिमालयन र ओरिन्टलमाथि वीमा प्राधिकरणले कारवाहीको डण्डा बर्साएको हो । बीमा ऐन र निर्देशन विपरीत काम गरेको भेटिएसँगै हिल्टनको पुनर्बिमा विवादमा तीन कम्पनी र एक सीईओमाथि कारबाहीको डण्डा बर्सिएको छ । प्राधिकरणले नेपाल रिका सीईओसहित हिमालयन रि–इन्स्योरेन्स कम्पनी, ओरियण्टल इन्स्योरेन्स कम्पनी र एलियण्ट इन्स्योरेन्स ब्रोकर्स प्रालि (पुनर्बिमा विचौलिया)लाई कानुन विपरीत काम गरेको भन्दै कारबाही गरेको थियो । प्राधिकरणले नेपाल पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई बिमा ऐन, २०७९ बमोजिम कारबाही गरेको छ ।

यस्तै, हिमालयन रि र ओरियन्टल इन्स्योरेन्सलाई पनि दुई–दुई लाख रुपैयाँ जरिवाना गरेको छ भने एलियण्ट पुनर्बिमा ब्रोकरको लाइसेन्स तीन महिना निलम्बन गर्ने निर्णय भएको छ । प्राधिकरणले ०८० असार २९ गते नेपाल बिमा प्राधिकरणले पठाएको पत्रबाट जारी गरिएको निर्देशनको पालना नभएको भन्दै कारबाही गरेको हो । नेपाल बिमा प्राधिकरणले एक पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित सात कम्पनीलाई कारबाही गरेको छ ।

त्योसँगै एशियन लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ, दि ओरियन्टल इन्स्योरेन्स, हिमालयन रि–इन्स्योरेन्स, एलियन्ट इन्स्योरेन्स ब्रोकर्स, नेको इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सलाई कारबाही गरेको पाइन्छ । यी सबै मारवाडीहरुको लगानी रहेको वीमा कम्पनी हो । नेपालका अधिकांश वीमा कम्पनीमा मारवाडीहरुको लगानी रहेको छ । यस अघि विचौलियाहरुलाई प्रयोग गरेर वीमा प्राधिकरणको अध्यक्ष बनाइँदै आएकोमा दीपक भट्टको खास मानिएका शरद ओझालाई सर्वाेच्चको आदेशबाट हटेसँगै अर्थमन्त्री रामेश्वर खनालले सचिवलाई अध्यक्षको जिम्मेवारी दिएर त्यहाँ पठाएका थिए । संघीय मामिला तथा सामान्य प्रशासन सचिव समेत रहेकी चन्द्रकला पौडेलले प्राधिकरणको अध्यक्षता गरे यता यहि चैत ३ गते निर्णय गरेर उल्लेखित कम्पनीहरुलाई कारबाही गरेको छ ।

जसमा कानून मिचेर स्वार्थ बाझिनेगरी सिटी होटल (ह्यात सेन्ट्रिक) को सेयर खरिद गर्ने एशियन लाइफको निर्णयलाई नेपाल बिमा प्राधिकरणले २ लाख रुपैयाँ जरिवाना गरेको छ । यस्तै बिमा प्राधिकरणले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीलाई पनि कारबाही गरेको छ । सो कम्पनीलाई प्राधिकरणले दुई लाख रूपैयाँ जरिवाना गरेको छ । यस्तै बिमा प्राधिकरणले नेको इन्स्योरेन्स कम्पनीलाई पनि बिमा ऐन २०७९ को दफा ६३ को खण्ड ४ तथा दफा ६९ को उपदफा १ को ‘ङ’ मा भएको व्यवस्था पालना नगरेको भन्दै कारबाही गरेको छ । बिमा प्राधिकरणले नेपाल लाइफ इन्स्योरेन्सलाई पनि बिमा ऐन २०७९ को दफा १४८ को व्यवस्था पालना नगरेको भन्दै कारबाही गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *