काठमाडौं । अर्थमन्त्रालय अन्तर्तगत पर्ने राजश्व अनुसन्धान विभाग सरकारले खारेज गर्ने भनेपछि विभागमा बसेर रजगज गरिरहेका कर्मचारी र सशस्त्र प्रहरीहरुको ओठतालु सुक्न थालेको छ । राजश्व अनुसन्धान विभाग खारेज गर्ने भनेपछि अवैध कारोबार गर्ने व्यापारीहरु उत्साहित भएका छन् ।
विभाग नभएपछि भन्सार छली गरेर अवैध धन्दा चलाउने व्यापारीहरुले अब सिधैं प्रधानमन्त्रीसँग भेटेर भलाकुसारी गर्न थालेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि प्रधानमन्त्री आफैले सम्हालिरहेका कारण उद्योगी, व्यापारीहरु उनको चाकडीमा जुट्न थालेका छन् । राजश्व अनुसन्धान विभागमा कर्मचारीहरुले व्यापारीहरुले भन्सार छली गरी सामान ल्याएको गाडी फक्राउ गरेर कमाउधन्दा चलाउने गरेका थिए । अब कर्मचारीको सट्टा त्यस्ता व्यापारीहरुसँग प्रधानमन्त्री बालेन शाह आफैले डिल गर्ने भएका छन् ।
तर, प्रधानमन्त्री शाह कडा भएकाले कर्मचारीसँगजस्तो सेटिङ मिलाएर व्यापारीहरुले भन्सार छली गर्न पाउने अवस्था देखिँदैन । प्रानमन्त्री साह राजश्व अनुसन्धानको सबै काम अर्थमन्त्रलयलाई जिम्मा दिने भएका छन् । तर, व्यापक राजश्व छली गरेर वैध कारोबार गर्ने कमलमणि मालपानेले प्रधामन्त्री शाहलाई चुनाव अगाडि ८ करोक पर्ने गाडी उपहार दिएर आफ्नो बनाएको बताइन्छ । चुनाव अगाडि नै गाडी उपचार दिएर प्रधानमन्त्री बालेनलाई आफ्नो बनाइसकेकाले मालपानेलाई सहज होला । तर, अन्य उद्योगी, व्यापारीहरुले कसरी लाइन मिलाउँछन् त्यो हेर्न बाँकी छ ।
उता, राजश्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयमातहतमा राखेर आफ्ना आसेपासे कर्मचारी र सशस्त्र प्रहरी खटाइ अवैध कारोबार गर्ने व्यापारीहरुलाई तर्साएर कमाउधन्दा चलाउने गरिएको थियो । आन्तरिक राजस्वका कर्मचारीलाई राजश्व अनुसन्धान विभागमा राख्ने गरिन्थ्यो । उनीहरुले नै भन्सार नाकाहरुमा आफूनिकट कर्मचारीलाई खटाउने गर्दथे ।
भन्सार नाकाका कर्मचारी र सुरक्षा निकायको मिलेमतोमा अवैध तरिकाले मालबहाक गाडी छिाउने र राजश्व अनुसन्धानलाई सुराकी दिने गर्दथे । त्यो सुराकीको आधारमा राजश्वका कर्मचारी र सशस्त्र प्रहरीहरुले व्यापारीले राजस्व छली गरेर ल्याएका सामानका गाडी पक्राउ गरी कमाउधन्दा चलाउने गरेका थिए । बालेन सरकारले राजश्व अनुसन्धान विभाग खारेज गरेपछि विभागका कर्मचारी र सशस्त्र प्रहरीको निद हराम भएको छ । तर, बालेन सरकारले राजश्व अनुसन्धान विभाग खारेज गरे तापनि भन्सार र सीमा सुरक्षामा सशस्त्र प्रहरी नै राख्ने भनिरहँदा संकाको घेरा तोडिएको छैन । उता भन्सार छली गरेर अवैध धन्दा चलाउने व्यापारीहरु भने मालामाल हुने भएका छन् ।

