काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा कम्पनीसँग स्पष्टीकरण सोधेको छ ।
काम सन्तोषजनक नभएका ११ निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको हो ।
यसअघि ३० दिनभित्र स्पष्टीकरण बुझाउन भनिए पनि अटेर गरेका निर्माण व्यवसायीहरुलाई अन्तिमपटकका लागि सात दिनको मौका दिइएको हो । यो अवधिमा पनि स्पष्टीकरण नबुझाएमा कालोसूचीमा राख्ने प्रक्रिया अघि बढ्ने सार्वजनिक खरिद अनुगमन कार्यालयले उल्लेखित सूचनामार्फत् जानकारी दिएको छ ।