राजसंस्था पक्षधरले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने

राजनीति विविध समाचार

काठमाडौं । राजावादी समूहले शुक्रबार राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भएका छन् ।

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमाराजसंस्था पक्षधरहरुको बिहीबारदेखि शुरु भएको काठमाडौं केन्द्रित आन्दोलन आज माइतीघर क्षेत्रमा हुने भएको हो । राजावादी समूहले राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनाका साथै संघीयता खारेजीको माग गरेर बिहीबारको प्रदर्शनमा शहरका विभिन्न सात ठाऊँबाट ठूला ¥याली निकाल्दै रत्नपार्कमा जम्मा भएर प्रदर्शन गरिएको थियो ।

राजावादी समूहमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठनहरुले अनिश्चितकालीन आन्दोलन सुरु भएको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *