गुट फेरिँदा पार्टी नै अस्वीकार गर्ने धम्की

राजनीति समाचार

काठमान्डौ । काग्रेसको नेतृत्वमा दुई टुक्रा भएपनि पार्टीका भ्रातृ, भगिनी तथा सुभेच्छुक संघ संगठनहरुलाई नयाँ नेतृत्व चयन गर्न अधिवेशन गर्न नदिएर तदर्थवादमा चलाएका शेरबहादुर देउवाको टीके प्रथामै रमाएका नेवि संधको संयोजक भएको दुई वर्ष टिकेको छ ।

नेविसंघका सभापति दुजाङ्ग शेर्पा पार्टीबाट अलग हुने घोषणा गरेका छन् । उनलाई नेविसंघको १३ औं अधिवेशन गर्ने दायित्व दिइएको थियो । संघलाई मजबुद बनाउने त्यो दायित्व पाएका शेर्पाले पार्टीवाट अलग हुने घोषणा गरेका छन् । उनी नेविलाई पार्टीबाट अलग राख्नुपर्ने तर्क प्रस्तुत गर्दै आफ्नो असफलता ढाकछोप गर्न थालेका छन् । उनले पार्टीमा विशेष महाधिवेशनवाट आएको नेतृत्वले नेविसंघको संयोजक पद खोस्छ भन्न्े डरका कारण देउवा पक्षको सर्वनाक पराजयप्रति व्यंग्य गरेर नेविसंघ पार्टी अधिवेशनमा हुन्न भनेका हुन् ।

कांग्रेसका भ्रातृ संगठन तरुण दल नेतृत्वबिहीन भइरहेको छ । महिला संघको अवस्था त्यस्तै छ । यतिबेला कांग्रेसभित्र नेतृत्वको लडाईँ चर्किएको छ । देउवाको दोस्रो कार्यकालमा पार्टीका २७ विभागको विस्तार गरी ५४ वटा बनाइएको थियो । केन्द्रीय सदस्यलाई संयोजक बनाइए तापनि विभागले पूर्णता पाएको छैन । विशेष महाधिबेशनले मूल नेतृत्व फे-यो । पार्टीका भातृ संस्थाले अधिवेशन गरेर नेतृत्व चयन गर्नु पथ्र्यो । तर, टीके प्रथामा रमाउने देउवाका विस्वास पात्रहरुले कब्जा गरेको पद जोगाउन खटेको संकेत नेविसंघका संयोजक शेर्पाले गरेका छन् ।

उनी देउवा पक्षका हुन् । भिष्मराज आङ्दम्बेले पार्टी अनुशासन समितिको नेतृत्व पाएका थिए । अहिले उनी समानुपातिक सांसद भएका छन् । पार्टीमा उनी देउवा पक्षका भएकै कारणले सांसद बन्न अवसर पाएका हुन् । उनैले दुजाङ्ग शेर्पालाई नेविसंघको संयोजक पद दिलाएका थिए । शेर्पाले २ वर्ष अगाडि गर्नुपर्ने १३ औं अधिवेशनको तयारी गरेका छैनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *