काठमाडौं । एमालेका नेता बलराम अधिकारीले भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हालेको करिब सात महिना हाराहारी पुगेको छ । तर भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री र कर्मचारीहरुको समन्वयकारी भूमिका नहुँदा बिचौलियाहरु हाबी हुदैँ गएका छन् ।
बिचौलियाकै कारण मन्त्री अधिकारी दिनप्रतिदिन बद्नाम हुदैँ गएका छन् । भूमि मन्त्रालय विचौलिया प्रमोद खड्काको डिजाइनमा चल्ने गरेको छ । भूमि मन्त्रालयमा विचौलिया खड्को रजाईँ विगत लामो समयदेखि हुँदै आएको थियो । तत्कालीन मन्त्रीहरुलाई पनि उनै खड्काले चलाउने गरेका थिए । खड्काको विषयमा तामाकोशी सन्देशले पटक–पटक समाचार सम्प्रेषण गर्दै आएको छ । अहिले पनि मालपोेत र नापीमा बिचौलिया खड्काकै हालीमुहाली चल्ने गरेको छ । तत्कालीन भूमि तथा अभिलेख विभागका महानिर्देशक कृष्णप्रसाद सापकोटाले विचौलिया खड्काको कुरा नमान्दा उनी विभागबाट सरुवा हुनुपरेको थियो ।
त्योसँगै महानिर्देशक सापकोटालाई मालपोत र नापीका कर्मचारीहरु सरुवा गर्दा ठूलो मात्रामा घुस खाएको लगाइएको थियो । महानिर्देशक सापकोटाले सरुवा गरेका कर्मचारीहरुलाई छानविन समिति बदर गरिएको थियो । अधिकारीले भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सम्हालेको सात÷आठ महिनाको अवधिमा भूमि तथा अभिलेख विभागको महानिर्देशक दुई पटक फेरबदल गरिसकेका छन् । अब फेरि महनिर्देशक फेर्ने तयारी हुदैँ छ । भूमि तथा गरिबी निवारण मन्त्रालयका सहसचिव मदन कोइरालालाई महानिर्देशक बनाउन खोजिएको थियो । तर मन्त्री र कर्मचारबीचको समन्वयकारी भूमिका नहुँदा शिव रेग्मीलाई भूमि तथा अभिलेख विभागको महानिर्देशक बनाइएको थियो । रेग्मी कांग्रेसनिकट कर्मचारी भएको बताइन्छ ।
फेरि बागमती प्रदेशबाट ल्याइएका सहसचिव सर्वण पोखरेललाई भूमि तथा अभिलेख विभागको महानिर्देशक चलखेल गरिएको थियो । पोखरेलको खरो व्यवहार र बोलिले गर्दा उनी महानिर्देशक नबन्ने अवस्थामा पुगेका छन् । मन्त्री र सचिवलाई रिझाउन नसक्दा महानिर्देशक रेग्मीलाई हटाउने तयारी हुँदै छ । यतिबेला भूमि तथा अभिलेख विभागको महानिर्देशक मदन कोइरालालाई बनाउने चर्चा चल्ने गरेको छ । सो चर्चा चले तापनि भूमि तथा सहकारी गरिबी निवारण मन्त्रालयका कर्मचारी र बिचौलिया खड्काबीचको समन्वयकारी भूमिका नहुँदा भूमि तथा अभिलेख विभागका महानिर्देशक को बन्ने भन्ने विषयमा अहिलेसम्म यकिन भइसकेको छैन ।
उता, कलंकी मालपोत र नापीमा बिचौलिया खड्काकै हालीमुहाली चल्ने गरेको छ । चाबहिल र साखुँ मालपोतमा भने कर्मचारीहरुको सेटिङ त्यत्तिकै चलिरहेको छ । तत्कालीन महानिर्देशक कृष्ण प्रसाद सापकोटाले मालपोत र नापीमा सरुवा गरेका कर्मचारीहरुलाई पनि फिर्ता बोलाएर अन्यत्र सरुवा गरिरएको छ । हाल सरुवाको मापदण्ड बनाउने तयारी गरिँदै छ । विभागमा ६० देखि ६५ जना नासु र खरिदारहरु जगेडामा रहेको बताइन्छ । नासु र खरिदालाई अन्यत्र सरुवा गर्न नसकेको आरोप महानिर्देशक रेग्मीमाथि लागेको छ ।
उता एमालेबाट मन्त्री बनेका मानवीर राई, बलराम अधिकारी, रामकुमार गुप्ता, दामोदर भण्डारी, देवेन्द्र दाहाल र विष्णु पौडेल विवादमा तानिएका छन् । विवादमा मात्र तानिएका छैनन्, यी मन्त्रीहरुले सम्हालेका मन्त्रालयका प्रगतिविवरण सन्तोषजनक नभएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । त्यसैगरी कांग्रेसले सम्हालेका पर्यटन, कानून, गृह, खेलकुद, स्वास्थ्य, ऊर्जाजस्ता मन्त्रालयहरुमा पनि कांग्रेस इतर पक्ष र संस्थापनबीचको टसलले गर्दा मन्त्रीहरुले सोचेअनुसारको काम गर्न नसकेको कर्मचारीहरुको भनाइ छ ।