ऐन पारित भएमा फाइदा लिने सचिव र सहसचिवहरु

राजनीति समाचार

काठमाडौं । मुलुक संघीयतामा गएपछि संघीय कानुन पछिको दोश्रो महत्वपूर्ण मानिएको संघीय निजामती सेवा विद्येयक प्रतिनिधि सभाबाट पारित भएको छ । विद्येयकमा कर्मचारीको उमेर हद दुई बर्ष बढाउने,अतिरिक्त सचिवको व्यवस्था,मुख्य सचिव र सचिवहरुको कार्यकाल एक एक बर्ष घटाउने लगायतका दर्जनौं नयाँ प्रावधानहरु थपिएका छन् । यदी असारमै राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएमा कुन कुन सचिव र सहसचिवहरुको जागिर लम्बिएला ?

तामाकोशी सन्देशले खोजी नीति गर्दा असारमै ऐन जारी भएमा यसबाट सबैभन्दा बढी लाभ मुख्यसचिव एकनारायण अर्यालले उठाउने देखिएको छ । त्यही कारण हुनुपर्दछ विद्येयक प्रमाणीकरण हुनु अघि उनी पुरातत्व विभागमा कार्यरत पत्नीसहित नुवाकोटको दुप्चेश्वरमा रहेको दुप्चेश्वर महादेवको दर्शन गरेर फर्किएका छन् । उनी २ बर्ष तीन महिना पछि अर्थात ०८३ मंसिर ९ गतेमात्र घर जानेछन् । मुख्यसचिव अर्यालझैं विद्येयक पारित भएमा अहिले भौतिक सचिवको जिम्मेवारीमा रहेका केशवकुमार शर्मा लाभन्वित हुने देखिएका छन् । यस्तै लोकसेवा आयोगबाटै घर जान लागेका खगेन्द्र सुवेदी,जसलाई सचिव बनाउने नाममा एक नम्बरमा रहेका डण्डु घिमिरेको नाममा टिपेक्स लगाइएको थियो सुवेदी अर्काे लाभ लिनेमा पर्दछन् ।

यस्तै उर्जा सचिव सुरेश आचार्यको जागिर अवधि केही लम्बिने छ । यस्तै लाभ लिनेमा फणिन्द्र गौतम,डा. रामप्रसाद घिमिरे, डा. हरिप्रसाद लम्सालदेखि दिपक खरालसम्मको जागिरे अवधि एक बर्ष लम्बिने देखिन्छ । यस्का अलवा अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा थन्काइएका सहसचिव ढुण्डीप्रसाद निरौला, अर्जुन गौतम,राजेन्द्रप्रसाद भण्डारी,शैलजा रेग्मी भट्टराई,शंकर नेपाल, सेवन्तराज दाहाल,यज्ञराज कोईराला,किरण थापा,कविराज पौडेल, यज्ञप्रसाद ढुंगेल,बद्रीनाथ अधिकारी, शिवराज ढकाल,ज्ञानप्रसाद ढकाल, कुमारप्रसाद दाहालका अलवा शिवराम पोखरेल, थानप्रसाद पंगेनी,दीर्घराज मैनाली,े प्रेमप्रसाद भट्टराई,भरत गौतम लगायतका सहसचिवहरु समेत लाभन्वित हुने देखिएको छ ।

हालै प्रतिनिधि सभाबाट पारित भएको संघीय निजामती सेवा विद्येयकमा कर्मचारीको उमेर हद ५८ बाट ६० बनाउन सहमति जुटेको छ । सोही अनुसार झण्डै एक दर्जन सचिव र ३० भन्दा बढी सहसचिवहरुको जागिरे अवधि थप एक बर्ष लम्बिने भएको हो । ऐन जारी भएको बर्ष ५९ बर्षमा अवकाश पाउने र अर्काे बर्ष देखि ६० बर्षे उमेर हद राख्ने गरी विद्येयकमा व्यवस्था बनेका कारण ती सचिव र सहसचिवहरुले थप एक बर्ष जागिर खान पाउने भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *