काठमाडौं । भारतमा अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सको आधिकारिक एक्स एकाउन्ट ब्लक गरिएको छ ।
यद्यपि, रोयटर्स टेक न्यूज, रोयटर्स फ्याक्ट चेक, रोयटर्स पिक्चर्स, रोयटर्स एशिया र रोयटर्स चाइना लगायत रोयटर्स समाचार एजेन्सीका धेरै अन्य खाताहरू अझै पनि सहज रूपमा काम गरिरहेका छन् ।भने रोयटर्सले आफ्नो आधिकारिक एक्स एकाउन्ट किन ब्लक गर्यो भन्ने जानकारी दिएको छैन ।
एक्सका अनुसार, अमेरिका लगायत धेरै देशहरूमा एक्स खाताको पोस्ट र सामग्रीमा लागू हुने कानूनहरू छन् । एक्सले सेवाहरू निर्बाध रूपमा प्रदान गर्दा कुनै देशको अधिकृत संस्थाबाट वैध र उचित अनुरोध प्राप्त भयो भने, केही सामग्री ब्लक गर्न आवश्यक हुन सक्ने उल्लेख गरेको छ ।
एक्सले अदालतको आदेश प्राप्त भयो भने, सामग्री ब्लक गर्न सकिने बताएको छ । यस बाहेक, यो कारबाही स्थानीय कानूनको आधारमा गर्न सकिने एक्सले बताएको छ ।