काठमाडौं । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)बाट सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ ।
केन्द्रबाट आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म लैङ्गिक हिंसा, घरेलु हिंसा, यौनजन्य दुव्र्यवहारलगायत घटनाबाट प्रभावित व्यक्तिहरूले केन्द्रबाट सहज रूपमा दुई सय ७८ जनाले सेवा पाएका हुन् । यो सँगै केन्द्रबाट पीडितले स्वास्थ्योपचार, चिकित्साजन्य प्रमाण सङ्कलन, संरक्षण, मानसिक एवं मनोसामाजिक परामर्श, सुरक्षा, आश्रय, कानूनी उपचार पुनः स्थापना लगायतका सेवा पाएका छन् ।
एकद्वार प्रणालीबाट हिंसापीडित तथा प्रभावित व्यक्तिलाई स्वास्थ्योपचारलगायत आवश्यक सेवा लैङ्गिक हिंसा नियन्त्रणमा योगदान पुर्याउन पूर्ण रूपमा निःशुल्क रूपमा उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ । महिला, बालिका, अपाङ्गता भएका व्यक्ति तथा विपन्न वर्ग हिंसाको सिकार बढी हुने सम्भावना भएकाले पीडितहरूले आफूले भोगेको पीडा भन्न नसक्ने, प्रहरी, स्वास्थ्य सेवा, कानूनी सहायता छुट्टाछुट्टै खोज्नुपर्ने बाध्यता रहेकाले एकद्वार सेवा लागू गरिएको हो ।