भौतिक पूर्वाधारमा राज्य कोषको लगानी धेरै हुने गरेको छ । ती पूर्वाधारको अधिकतम् सदुपयोग गर्न सकियो कि सकिएन भन्ने प्रश्न नैं छ । पूर्वाधार वनाउने तर उपयोग नहुनु भनेको राज्यको कोषको दुरुपयोग नैं हो । बनेको पूर्वाधारको प्रयोग गर्न नसक्नु अर्को नालायकपन हो । दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा रहेको भीमेश्वर नगरपालिका भित्र पनि भौतिक पूर्वाधार बनेका तर उपयोगमा आउन नसकेको चर्चा चलिरहेको थियो । यो विषय नेकपा एमाले स्थानीय पार्टी कमिटीले एक एजेण्डा वनायो । वडाका निर्वाचित जनप्रतिनिधिहरु र पार्टी कमिटीको संयूक्त अनुगमन गर्ने योजना वन्यो ।
सार्वजनिक चासोका विषय पार्टीका एजेण्डा
दलिय व्यवस्थामा कमिटी अन्तरगत जनप्रतिनिधिहरु भन्ने गरिन्छ । तर कमिटी र जनप्रतिनिधिहरु विच समन्वय नभएको सधैं गुनासो सुनिन्छ । कमिटी र तहगत रहेका जनप्रतिनिधिहरु विच संयूक्त वैठकहरु पनि नभएका होइनन् । तैपनि प्रभावकारीता देखिन्न । त्यसै गरी पार्टी कमिटीहरुका वैठकमा जनजिविका तथा विकासका सवालहरु एजेण्डा नैं वन्दैन भन्ने कुरा पनि आइरहन्छ । नेकपा एमाले भीमेश्वर नगर ६ नं. वडा कमिटीको वैठकमा यस विषयले प्रवेश पायो । जनप्रतिनिधि र पार्टी कमिटीसँग दोहोरो तथा सहअस्तीत्वको सहकार्य हुनु जरुरी छ भन्ने साझा वुझाइ भयो । तर कसरी प्रश्न रह्यो । उपाय निस्क्यो, वडामा सञ्चालन भैरहेका विकास निर्माण लगायतका योजनाहरु संयूक्त रुपमा स्थलगत अनुगमन गर्ने ।
२०८० को अन्तीम दिन चैत्र ३० गते भीमेश्वर नगरपालिका वडा नं. ६ का जनप्रतिनिधिहरु र नेकपा एमालेको वडा स्तरीय संरचना र अगुवाहरु जुटे अनी लागे अनुगमनकालागि । यस वडामा एक मात्र सामुदायिक विद्यालय महाङ्काल आधारभुत विद्यालय रहेको छ । हामी मध्ये केही त्यहाँ पस्यौं । भवन आकर्षक वनेको छ तर विद्यार्थी संख्या कम भएकोले ५ कक्षाबाट घटेर ३ कक्षा मात्र सञ्चालन हुने अवस्था आएछ । ५ जना शिक्षक रहेको देखियो । स्थानीय स्तरमा वालवच्चा नभएकै होइन तर निजि विद्यालय तिर आकर्षण छ । सामुदायिक विद्यालयको गुणस्तरका बारेमा सोच्न र काम गर्न जरुरी छ । सामुदायिक विद्यालयमा राज्यले गरेको लगानी र प्रतिफल हेर्दा सन्तोष मान्न सकिन्न । यो सवै तिरको समस्या हो । तरपनि यस वडाको एक मात्र सामुदायिक विद्यालयको गुणस्तर वढाउन जनप्रतिनिधि, राजनीतिक दल लगायत सवैको चासो हुनु पर्दछ ।
चिहानडाँडामा निर्माणाधिन वहुसाँस्कृतिक संग्राहालयमा पुगियो । त्यहाँ लामा गुरु रेम्बोर्छेको मुर्ति आकर्षक स्थापना गरिएको रहेछ । टोलीले कामहरुको अनुगमन ग¥यो । जानकारी लियो । प्रदेश सरकार समेतको ५५ लाख खर्चमा गुरुको प्रतिमा र छेउमा एक गुम्वा वनाउने काम भैरहेको देखियो । वरीपरी विभिन्न कोठा वनाई दोलखामा पाइने सवै जातजातीको भेषभुषा सहितको संस्कृती झल्काउने संग्राहलय वनाउने सोच रहेको वडा अध्यक्षले जानकारी दिनु भयो । चरिकोट वजारको नजिकैं एक नयाँ र आकर्षक गन्तव्य हुनेमा टोलीको एक मत रह्यो ।
त्यस पछि टोली लाग्यो, सङ्घीय र स्थानीय सरकारको संयूक्त लगानीमा तयार भएको एक भवनको अनुगमनमा । २ तले पक्की भवन छ तर उपयोग विहिन । झ्यालका सिसाहरु फुटाइएका छन् । राज्यको ठुलो लगानी भयो तर उपयोगमा ल्याउन सकिएन । यो खर्च उत्पादनमुलक गएको भए के हुन्थ्यो होला ? भन्ने चर्चा गर्दै भवन उपयोगमा ल्याउने विषयमा केही बेर छलफल चल्यो ।
भ्यूटावरको कन्तविजोग
हाम्रो टोली उकालो लाग्दै भ्यु टावरमा पुग्यो । असाध्यै महत्वकासाथ तयार गरेको भ्यू टावरको दुर्दशा देख्दा सबैको मन चसक्क भयो । वनेका संरचनाहरु टुटफुट भएका छन् । झ्याल ढोका फुटाइएका छन् । खण्डहर भएको छ । त्यहाँ मानिस नपुगेको कंयौ दिन भएको जस्तो देखियो । कुनै बेला यहि स्थानमा मानिस प्रवेश गर्दा शुल्क तिर्ने चलन चलिसकेको थियो । त्यो दृश्यले स्थानीय सरकार लगायत हामी सबैलाई गिज्याइरहेको महसुस हुन्थ्यो । नजिककै अर्को विशाल गुम्वा वनाउने भनि ठुला ठुला कंक्रिटको पिल्लर ठडाइएको रहेछ । घँइटो जस्तो ट्यांकी छ तर पानी छैन । चौरमा गिट्टी बालुवा असरल्ल छरिएको छ । यो दृश्य देखिएको धेरै वर्ष भैसकेको रहेछ ।
हाम्रो टोली डाँडामा दृश्यवालोकन गर्दै ओरालो झ¥यो । ढुंङ्गाको आकर्षक सिढी वनाउने काम चलिरहेको रहेछ । सिम्पानी पोखरी देखि भ्यु टावरसम्म दुई हजार सिढि वनाउने योजना रहेछ । अमेरिकी सहयोग नियोगको आर्थिक सहयोगमा काम भैरहेको थियो । यसकोलागि १ करोड २५ लाख बजेट रहेको सूचना पाटीमा देखिन्थ्यो ।
खानेपानीको सन्दर्भमा पाइपहरु असरल्ल छरिएको भेटियो । खुल्ला पाइपहरु छरिएर रहेका छन् । यसको व्यवस्थापन कसरी हुने होला ? नयाँ चलिरहेको शहरी खानेपानी आयोजनाका वारेमा अनेक प्रश्न उठिरहेका छन् । हाम्रो टोली भीमेश्वर नगरपालिकाको वडा नं. ६ को केही भागमा रहेका भौतिक पूर्वाधारहरुको स्थलगत अध्ययन गर्दा धेरै जसो उपयोग विहिन रहेको पाइयो । कतिपय ठुलो महत्वकांक्षाको साथ बनाउन थालिएको तर त्यती छाडिएको पाइयो । खास गरी भ्युटावर अवस्था विजोग नैं देखियो । कुनै बेलामा राम्रो व्यवस्थापन भएको यो स्थान अहिले कसैको चासोमा परेको देखिएन । यसको निर्माण स्थानीय तहवाटै भएकोले त्यस्को व्यवस्थापन पनि स्थानीय तहले नैं गर्नु पर्ने हो तर त्यता तिर चासो दिएको पाइएन ।
ठुला भौतिक पूर्वाधारको काममा गर्दा स्थानीय बासिन्दालाई जिम्मेवार नबनाउने हो भने उपयोग विहिन हुन सक्ने साझा वुझाइ रह्यो । यही कारणले गर्दा महत्वकांक्षी सोच सहित तयार भएका महत्वपूर्ण पूर्वाधारहरु बेवारिसे हुन पुगे । त्यसै गरी वडा आउने बजेटले यस्ता पूर्वाधारहरुमा भन्दा पनि उत्पादन वढाउनेमा खर्च गर्नु पर्ने निष्कर्शमा पुगियो । बजेट तर्जुमा गर्दा यसबाट उत्पादनमा के योगदान हुन्छ ? भन्ने प्रश्न गर्न जरुरी छ ।
अन्त्यमा, पहिलो पटक यो प्रकृतिको अनुगमन गरी स्थलगत छलफल गर्ने मौका मिल्यो । यस्ता कामबाट पार्टी कमिटी र जनप्रतिनिधिहरु विच नियमित संवाद भैं सहकार्य हुने छ । विकास कामलाई जनमुखी वनाउन पनि योगदान हुनेछ । यो सिर्जनात्मक कार्य गर्ने वडा कमिटीलाई धन्यवाद ।