अनन्त गुरुङ
(२०८२ साल चैत्र२५ गते बुधवारको तामाकोशी सन्देश राष्ट्रिय सप्ताहिकमा प्रकाशित)
नयाँ सरकार अर्थात बालेन सरकारको लागि पुराना दलहरुले चुनौतीको पाहाड नै छाडेर गएकाछन । पुराना दलहरुको भ्रष्टाचारको कारनामाबाट प्रभावित नभएको क्षेत्र नेपालमा कुनै पनि छैन । धेरै भ्रष्टाचार हुने र भ्रष्टाचार गरी कमाउन सकिने क्षेत्र भनेको बिकास निर्माण कै क्षेत्र हो । त्यसैले पुरानो दलहरुले पनि नेपालको बिकास निर्माणको क्षेत्रलाई नेपालको समृद्धि र नेपाली जनताको सुख सित जोड्ने लक्ष निर्धारण गरेका थिए । यो लक्ष राम्रो देखिए पनि दलहरुले लिएको पर्दा पछाडिको बिकास निर्माणको लक्ष भनेको अकुत भ्राष्टाचार गरी कमाउने नै थियो । बिकास निर्माण सित जोडिएका तीनवटै पक्ष क्लाईन्ट, ठेकेदार र कन्सल्टैन्ट ईन्जिनियरहरुलाई पुराना दलहरुले आफ्नो चलखेल गर्ने गोटीको
रुपमा प्रयोग गर्दै आएका थिए । यस्तो भ्रष्टाचारको ताजा उदाहरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गर्दा भएको भ्रष्टाचारलाई नै लिन सकिन्छ ।बिकास निर्माणमा तीन पक्षहरु जस्तो क्लाईन्ट, ठेकेदार र कन्सल्टैन्ट ईन्जिनियरको व्यवस्था हुनुको पछाडिको उद्देश्य भ्रष्टचार हुन नदिनु पनि हो । तर नेपालको सन्दर्भमा संसारमा चलेको बिकास निर्माणको यो मेथडोलोजी पनि असफल भएकोछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा तीनवटै पक्ष मनगढन्ते बनाएर पुराना दलहरुले महाभ्रष्टाचारको एक खतरनाक श्रिङ्खला नै चलाएकोपुष्टी हुन्छ । अख्तियार दुरुपयोग निवारण आयोगले दिएको विवरण अनुसार नेपालको एक राष्ट्रिय कन्सल्टिङ संस्था ईआरएमसीको नेतृत्वमा कुनै एक मनगढन्ते अन्तर्राष्ट्रिय कन्सल्टिङ संस्था सित जेभी बनाएर मिलेको देखिन्छ ।
यो परियोजनाको स्थानिय दलाल डा। ध्रुव राज उलक भएको पुष्टी हुन्छ । उहाँ नेकपा माओवादीको केन्द्रिय सदस्य पनि हुन। जहाँ सम्म ठेकेदारको कुरा छ चीनियाँ बोर्डर रोड ईनिसिएटिभको सर्त अनुसार नै बिना प्रतिश्प्रधा चीनियाँ ठेकेदार नियुक्त भएको देखिन्छ । पहिले परामर्शदाताको शुल्क भनि ठेकेदारको विओक्यूमा समावेश गरिएको ४८ लाख डलर त्यसबाट खर्च नगरी नेपाल सरकारको काउण्टर फण्डबाटै परामर्शदाताको शुल्क व्यहोरिएको थियो । त्यसरी ठेकेदारको विओक्यूमा भएको परामर्शदाताको शुल्कलाई पुराना दलहरुले मिलेर ठेकेदारबाट भुक्तानी लिएर घुषको रुपमा हजम पारेकाछन । यसको व्यवस्थापन क्लाईन्ट, ठेकेदार र कन्सल्टिङ ईन्जिनिर तीनवटै पक्ष मिलेर गरेको बुझिन्छ । पुरानो दलहरुको दुर्भाग्यवस अहिले सबै कुरा छताछुल्ल भएकाछन र सत्ता उहाँहरुको हातबाट गईसकेको हुँदा ढाकछोप र यो महाभ्रष्टाचार गर्नमा साथसहयोग दिनेहरुको बचाव सम्म पनि गर्न नसक्ने भएकाछन । अब सत्ताको चाबी बालेन सरकारको हातमा पुगीसकेको हुँदा भनसुन र सिफारिसको स्रोतहरु बन्द भएकाछन । पहिलेको जस्तो नेपालको कानुनी राजलाई बालेन सरकारले खेलबाड बनाउन कसैलाई पनि दिने छैन ।
पुराना दलहरुले नियुक्त गरेका श्रीमानहरु जिल्ला अदालत देखि सर्बोच्च अदालत सम्म भएपनि यो बेला गलत फैसला लिन कुनै पनि श्रीमानहरु तयार हुनेवाला छैनन् । नेपालमा भ्रष्टाचार र आर्थिक अपराध जताततै भएकाछन । कता भ्रष्टाचार र आर्थिक अपराध भएको छैन भनी खोज्नु पर्ने अवस्था नेपालमा विद्यमान रहेकोछ । पुराना दलहरु आफै भ्रष्टाचारको किरा भएको हुँदा त्यसैमा रमाउने गरेका थिए । तर बालेन सरकार भने भ्रष्टाचार बिरोधी सरकार भएको हुँदा बालेन सरकारको लागि भ्रष्टाचार नै ठुलो चुनौती बनेकोछ । नेपालमा भ्रष्टाचार निवारण गर्ने सरकारी संस्थाहरु र नियम कानुनहरु नभएको होइन । तर पुराना दलहरुले नेपालमा भ्रष्टाचार निवारण गर्नको लागि स्थापाना गरिएका सरकारी निकायहरुलाई भुत्ते बनाएर राखेका थिए । त्यस्तै नेपालको प्रहरी प्रशसान अड्डा अदालतलाई पनि पुराना दलहरुको स्वार्थ पुरा हुने गरी काम कार्यवाही निर्णय र फैसलागर्न बाध्य बनाएर राखेका थिए ।
नेपाली जनता पुराना दलहरुको यस्तो चालामाला देखि आजिद भएका थिए तर तिनीहरुको बिरोध गरी हाल्न सक्ने अवस्थामा नभएकाले आआफ्नो मुखमा टेप टाँसेर निरिह झै भएर बसेका थिए । तर यहि बेलामा भएको जेन जेडको आन्दोलनले सबै नेपाली जनताको मुखमा टाँसिएको टेपलाई उप्काएर फाल्ने काम गरेकोछ । पहिलो चोटी नेपाली जनताले भ्रष्ट र अपराधी पुरानो दलहरुको चंगुलबाट उम्किए खुसीयाली मनाउने अवसर प्राप्त गरेकाछन । नेपाली जनता अहिले बालेन सरकारलाई पाएको हुँदा स्वतंत्र महसुस गर्दैछन । नेपाली जनता अब संधै यो स्वतंत्रलाई कायम राख्नको निमिक्त पुरानो दलहरुको लागि नेपालको राजकिया सत्तामा छिर्नेबाटो हमेसाको लागि बन्द गर्न चाहेकाछन ।
पुरानो दलहरुले आफु राष्ट्रवादी भएको भ्रम फैलाएर नेपाली जनतालाई मूर्ख तुल्याएका थिए । नेपालमा राजा जस्तो देशभक्त अरु कोही छैन भन्ने कुरा स्वयम शिद्ध छ । पुराना दलहरुले भ्रम फैलाएर राजतंत्र र वैदिक सनातनी हिन्दूधर्मलाई संबिधानबाट हटाउन सफल भएपनि नेपाली जनताको मनमष्तिकबाट कहिले पनि हटाउन सकेन । नेपालको लागि राजतंत्र नै बिचको सन्तुलत राजनीतिक बाटो भएको कुरा अहिले नेपाली जनता सबैले छर्लङ्गै बुझीसकेकाछन । पुरानो दलहरुले फैलाएको भ्रमको प्रभावमा अब नेपाली जनता छैन । नेपालको अस्तित्वलाई जोगाई राख्न अब संवैधानिक राजतंत्र नै चाहिन्छ । त्यसैगरी नेपाली जनताको सुन्दर भविष्य सुनिश्चित पार्नको लागि वैदिक सनातनी हिन्दूधर्मलाई राष्ट्रधर्म बनाउनु नै पर्ने हुन्छ । पुराना दलहरुको भरौटेहरुको बिरोधको वास्ता गर्न अब नेपालको सन्दर्भमा जरुरी रहेन । नेपालको बिकास निर्माण सित प्रत्येक्ष जोडिएको क्लाईन्ट, ठेकेदार र कन्सल्टैन्टमा काम गरी बसेकाहरु धेरै ईन्जिनियरहरु नै हुन ।
आज आएर नेपालमा ईन्जिनियरहरुको भाउ एक कौडीको पनि छैन । नेपाली जनताले ईन्जिनियरहरुलाई भ्रष्टाचारी ठान्छन भने पुरानो दलका नेताहरुले ईन्जिनियरहरुलाई बिकासको साझेदार नसम्झेर आफ्नो भ्रष्टाचारी सोचलाई मूर्त रुप दिने माध्यम मात्रै बनाउँछन । नेपालमा यस्तो अवस्था ल्याउनुमा मुख्य रुपले भ्रष्टाचारी सोच भएका ईन्जिनियरहरु नै द्वोषी छन । उदाहरणको लागि हामी प्राईभेट क्षेत्रको कन्सल्टीङ ईन्जिनयरिङ संस्थाहरुमा काम गरी बसेका ईन्जिनियरहरुलाई नै लिन सकिन्छ । नेपालमा व्यवसायी गरी बसेका केही कन्सल्टीङ ईन्जिनियरहरुले अकुत नाफा कमाउनको लागि पुराना दलहरुलाई भ्रष्टाचार गर्नमा साथ दिंदै आएकाछन । यहि सिलसिलामा प्रे(पेड र सरकारी अधिकारीहरु सित अग्रिम सेटिङ गरी काम लिने चलन बसालेका छन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचार यस्तै सेटिङ र प्रे(पेड कै परिणाम हो । सेटिङ गर्ने कामको कुनै सीमाना हुँदैन । ओली सरकारको पालामा यस्तै सेटिङ गरी टेकेदारहरुले खरिद नियमावली एकै महिनामा १० चोटी संसोधन गर्न लगाएर पनि कामहरु लिएका थिए । पुराना दलहरुले नेपालमा शासन सत्ता चलाउन थाले पछि बिकास निर्माणको कामहरु पनि राष्ट्रको आवश्यकतालाई नहेरी भ्रष्टाचार गर्ने उद्देश्यबाटै मात्र प्रेरित भएर गर्ने र गराउने गरिएको पाईएकोछ ।
खरिद ऐन र नियमावलीमा योजना प्रमुखको तजबिजले गर्न र गराउन जति पटक पनि सकिने कामहरुको लागत सिलिङ २० लाख पुर्याएपछि नेपालमा भ्रष्टाचार असीमित रुपमा बढेको पाईन्छ । त्यसैगरी उपभोक्ता समिति बनाएर गर्न र गराउन सकिने कामको लागत ३ करोड पुर्याएपछि नेपालमा काम होईन भ्रष्टाचारै भ्रष्टाचर मात्रै हुन थालेको हो । उपभोक्ता समितिले गरेको कामको गुणस्तर पनि एक साल पनि नटिक्ने गरी बनाउने गर्दछन । अर्को साल फेरि त्यसैलाई भत्काएर नयाँ बजेट निकास गरी बनाउदा राष्ट्रको व्ययभार लगातार बढ्दै जाने गरेको छ भने स्थानिय जनप्रतिनिधिहरुलाई निरन्तर कमिसन खाने मेलो भईरहेकोछ । पुराना दलहरुले यसरी पहिले सिंहदरवारमा मात्रै सीमित भएको भ्रष्टाचारलाई प्रदेश र स्थानिय तह सम्मै फैलाईसकेका छन ।
नेपालका केही राष्ट्रिय कन्सल्टिङ संस्थाहरु चलाउने ईन्जिनियरहरुले स्थानिय जनप्रतिनिधिहरु सित मिलोमतो गरी पुरा लागतको लागि सहमती गरेर आधा लागतमा काम गर्ने र बाँकी आधा संबन्धित जनप्रतिनिधिहरुलाई कमिसनको रुपमा खुवाउने गर्दै आएकाछन । ईन्जिनियरहरुको यसरी आफ्नो व्यवसाय चलाउने तरिका राम्रो होईन । यस्तो अभ्यासले गर्दा नेपालका ईन्जिनियरहरुको राष्ट्रिय वेईज्जत भईसकेकोछ । यस्तो मिलोमतोमा काम लिने र काम दिने दुबै पक्ष गलत भएकाले तिनीहरुका बिरुद्ध नयाँ बालेन सरकारले कडा कार्यबाही चलाउनु पर्छ । भ्रष्ट इन्जिनियरहरु र बिदेशीका लागि काम गर्ने परियोजना दलालहरुलाई कुनै पनि छुट दिनु हुँदैन । नेपालमा भ्रष्टाचार रोक्ने भन्दै पुराना दलहरुले पीपीएमओ बनायो तर आज आएर पिपिएमओको कम्प्युटर प्रणालीलाई नै कमिसनखोर बिदेशीका दलालहरुले ह्याक गरी सूचना चोरी गरी परियोजनाहरु कव्जा गरेका गरेकै छन । पुरानो दलहरुले नेपालबाट भ्रष्टाचार निवारण गर्नको लागि होइन कि परियोजनाहरुको ठेकाहरु आफैले चाहेकाहरुको लागि दिनको लागि मात्रै पिपिएमओ बनाएका थिए । फलस्वरुप पुरानो दलहरुको उक्त स्वार्थ त पुरा भएकोछ तर स्वाभिमानी नेपाली जनता भ्रष्टाचारजन्य पीडाबाट मूक्त हुन भने पाएका छैनन् । नयाँ बालेन सरकारको लागि नेपालबाट भ्रष्टाचार उन्मुलन गर्नु ठुलो चुनौती हो ।
भ्रष्टाचारको जालो पुरानो दलहरुले फैलाएको भएपनि अब त्यो जालोलाई चिरफार गरी नेपाली जनतालाई भ्रष्टाचारबाट स्वतंत्र बनाउने जिम्मा नयाँ बालेन सरकारको हातमा आएकोछ । नयाँ बालेन सरकार जुनसुकै र जतिसुकै ठुलो चुनौतीहरुको सामना गर्न पनि सक्षम भएको हुँदा नेपाली जनता भ्रष्टाचारबाट मूक्त हुने दिनको प्रतिक्षा उत्सुकता पूर्वक गरी बसेकाछन । सुनिल पौडेल, विकल पौडेल, प्रदिप अधिकारी, दीपक भट्ट जस्ता अन्तर्राष्ट्रिय परियोजनाहरुको दलालहरु अहिले खोरमा छन । एनआरएनको रुपमा अन्तर्राष्ट्रिय परियोजनाहरुको बिचौलियागिरी गरी बसेका उहाँहरु जेलमा पुगेकाछन । चाँडै दीपक मलहोत्र पनि पक्राउ पर्लान किनकि तिनीहरुलाई लामो समय देखि संरक्षण गरी बसेका एमाले शीर्ष नेता पूर्व प्रमं ओली पनि अहिले प्रहरीको हिरासतमा पुगीसकेकाछन ।गिरी बन्धु टि(स्टेट खोटलाका बिचौलिया दीपक मलहोत्रा पनि चाँडै सरकारी मेहमान बन्नेमा नेपाली जनता आसावादी भएर बसेकाछन । नेपाली जनताले रास्वपालाई दिएको यहि मौकामा नेपालमा सुशासनको जग बसाल्न बालेन सरकारले ढिलासुस्ती गर्नु हुँदैन ।

