सरकार र महान्यायाधिवक्ता आफ्नै हुँदा पनि किन पाउँदैनन् रविले सफाइ ?

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को दुरी बढ्दै गएको बताइन्छ । रास्वपाभित्र जति बाहिर एकताको चर्चा छ त्यति नै भित्रभित्र सभापछि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री शाहबीच सीत युद्ध सुरु भएको छ ।

मन्त्रिमण्डलमा पनि प्रायःजसो बालेन शाह नजिकका व्यक्तिहरु बढी छन् भने रवि खेमाका दुई जना मात्रै रहेको पाइन्छ । त्यसमा भूमि, सहकारी तथा गरिवी निवारण र सामान्य प्रशासन मन्त्री प्रतिभा रहेकी छिन् । कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री सोभिता गौतम पनि बालेनकै पक्षमा रहेको बताइन्छ । त्यसले गर्दा बालेन र रविबीचको टकराव बढ्दै गएको छ आँकलन गरिन्छ । सभापति लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री शाहबीच खटपट भए तापनि लामो समयदेखि रवि लामिछानेको मुद्दा हेर्दै आएका निजी वकिल नारायण दत्त कँडेललाई न्यायाधिवक्ता बनाइएको छ ।

न्यायाधिवक्त बन्नको लागि आधिकारिक लाइसियन्स लिएर १५ वर्ष वकालत गरेको हुनुपर्ने प्रावधान छ । तर, महान्यायाधिवक्ता कडेलले अधिवक्ताको लाइसियन्स लिएको दुई वर्ष नपुग्दै उनी बेलायत अध्ययनको लागि गएका थिए । बेलायत गएपछि कँडेलले नेपालको नागरिकता त्यागेर एनआरएनएको सदस्य बनेका थिए । उनै कँडेल नेपाल आएको दुई वर्ष नपुग्दै रास्वपा सभापति लामिछानेको जोडबेलमा न्यायाधिवक्ता बन्न पुगेका छन् । त्यो कानुन विपरीत रहेको बताइन्छ ।

रास्वपा सभापति लामिछाने सहकारी ठगी, सम्पत्ति सुद्धिकरण, दोहोरो नागरिकता र पासपोर्ट अपचलन र संगठित अपराधमा मुछिएका कारण सो मुद्दा हेर्दै आएका कँडेललाई न्यायाधिवक्ता बनाउन प्रधानमन्त्री बालेन साहसँग जोड बल गरेको रास्वपाकै एक नेताले बताएका छन् । सभापति लामिछानेको आग्रहअनुसार न्यायाधिवक्तमा कँडेललाई नियुक्ति गरे तापनि मन्त्रिमण्डलमा भने प्रधानमन्त्री बालेनले अधिकांश आफ्ना फेबरका व्यक्तिलाई राखेका छन् ।

कँडेललाई न्यायाधिवक्तामा नियुक्ति गरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा प्रधानमन्त्री बालेन निकट रामजी यादवलाई नियुक्ति गरेका छन् भने गौरी यादवलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाएका छन् । त्यसले गर्दा रास्वपाभित्र प्रधानमन्त्री बालेनले रजगज गरिराखेका छन् सभापति रवि एक्लिँदै गएका छन् । उता रवि निकट भनेर चिनिने डा. स्वर्णिम वाग्ले, डीपी अर्यालय र विराजभक्त श्रेष्ठहरुले पनि गोप्य रुपमा आ–आफ्नो छुट्टै गुट बनाउन थालेको बताइन्छ ।

रवि आफैले खोलेको पार्टीमा पछिल्लो समयमा आएर त्यसको रजगज बालेन साहले गर्न थालेका छन् । हिजोको दिनमा १२ भाइ पत्रकारहरुले रविको खेदो खनिरहँदा उनी पार्टीबाट विचलित नभइकन त्यसको सामना गरेका थिए । तर, आज उनै रविको सभापतित्वमा सञ्चालित रास्वपाले दुईतिहाइ बहुमत प्राप्त गरेर एकल सरकार बनाउँदा पनि सभापति लामिछाने भने एक्लोजस्तो भएर हिँडिरेका छन् । तत्कालीन एमाले–कांग्रेस सरकारले प्रतिशोध साँधेर रविलाई झुठा मुद्दामा फसाएको भन्ने आरोप लागेको थियो । आज रविको पार्टी रास्वपाको एकलौटी सरकार छ, वरिष्ठ नेता बालेन साह प्रधानमन्त्री बनेका छन् ।

त्योसँगै महान्यायाधिवक्ता पनि लामो समयदेखि रविको मुद्दा हेर्दै आएका निजी वकिललाई बनाएको छन् । तर, सभापति रविले भने अघिल्लो सरकारले प्रतिशोध साँधेर फसाएको भनिएको मुद्दाबाट छुटकारा पाउन सकेका छैनन् । त्यसले पनि के देखाउँछ भने यदि रवि लामिछानेलाई सफाइ दिएको खण्डमा बालेनले प्रधानमन्त्री पद छाड्नुपर्ने भएर पनि हुन सक्छ । त्यसो होइन भने सरकार पनि रास्वपाको छ, प्रधान न्यायाधिवक्ता पनि आफ्नै निजी वकिल छन् भने रविले प्रतिशोधपूर्ण आरोपबाट किन छुट्कारा पाउन सकेनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *