काठमाण्डौ । मान्छे जे सुकै होस् आमन्दर ऐस आरम भए पार्टीको नेता पनि भइन्छ, प्रहरी र गुप्तचरको गणनामा पनि परिन्छ । बहुदल र लोकतन्त्रले पूर्वगृहमन्त्रीको हकमा तीन वर्षको सुरक्षा समूह दिलायो । तर, लूटतन्त्र नै लोकतन्त्र ठान्नेहरुले राज्यको खर्चमा भान्से, ड्राइभर, प्रहरी लिएर गर्न सम्म गरे ।
पूर्वमन्त्रीलाई समेत सुरक्षाजाड़ दिएर आफैले गरेका अपराधबाट वच्ने काम तीनैले गर्थे । त्यसको फल गत फागुन २१ अगाबै खाए । तर पनि चर्चामा तीनै छन् । नारायणकाजी श्रेष्ठले गृहमन्त्री बन्दा त्यो जनशक्ति खोसेर परराष्ट्रमन्त्री बन्दा कूटनीतिक सम्बन्ध व्यवस्थित गर्न जो जहाँसुकै पुग्ने व्यवस्था हटाए । तर उनी गृहबाट हटे ।
उनले थेतेका सुरक्षा फौज फिर्ता गर्न रवि लामिछाने मानेनन् । तर, पराष्ट्र कुटनीतिक सम्बन्धको विषय काजीसँगै बग्यो । डा. आरजु राणा परराष्ट्र र रमेश लेखक गृहमन्त्री हुँदा पुरानै चलन दोहोरियो । आज पूर्ण बहादुर खड्का कांग्रेसको नक्कली कार्यवहाक सभापति बनेर बसिरहेका छन् । खड्कालाई गुप्तचरप्रति विश्वास छैन । जुम्लाका कार्की सूर्खेतका नयाँ वासिन्दा हुन् । कार्कीलाई रास्वपाको चित्त बुझाउनु छ । संयोगवस दैलेखका सांसद कांग्रेस भएपछि रास्वपाका नेताको अगाडि बोल्ने ठाउँ भएन ।

