लोकसेवाका गुरुहरु फन्दै फन्दामा

राजनीति समाचार

काठमाडौं । लोकसेवाका गुरुहरु फन्दामा पर्न थालेका छन् । सबैभन्दा चर्चित लोकसेवा गुरु चुणामणि शर्मा भ्रष्टाचार मुद्धा खेपिरहेका छन् । अर्काे लोकसेवा विज्ञ भनेर चिनिएका सामान्यका सहसचिव प्रकाश दाहालका बदमासीविरुद्ध राष्ट्रिय सतर्कता केन्द्रमै उजुरी परेको छ । सामान्य सचिव चन्द्रकला पौडेलले ‘गुरु’भन्दै तिनको संरक्षण गरिरहेको पाइएको छ । उता अर्काे लोकसेवाका किरो भनेर चिनिएका एक कर्मचारीमाथि आफ्ना छात्रामाथि यौनदुव्र्यवहार गरेको आरोप लागेको धेरै भएको छैन ।

यसैबीच अर्काे लोकसेवा विज्ञ सहसचिव मित्र घिमिरे पनि विवाद र फण्डामा मुछिएका छन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा जलेका गाडीको नाममा जनसंख्या मन्त्रालयबाट इन्धन दुरुपयोग गरेको खुलेको छ । सो आन्दोलनको क्रममा स्वास्थ्य मन्त्रालयका १८ र मन्त्रालय अन्तर्गतका अन्य निकायका ६ गरी कुल २४ वटा गाडी जलेका थिए । भदौ २३ र २४ गतेको आन्दोलनमा मन्त्रालयअन्तर्गतका केही गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए । ती सवारीसाधन सञ्चालनयोग्य छैनन् भन्ने तथ्य मन्त्रालयकै अभिलेखमा रहेको छ ।

तर, ती गाडीहरूलाई ‘कागजमा संचालन’मा राखेर तेल कुपन काट्ने र त्यसको रकम नगदमा रूपान्तरण लिने गरेको आरोप उपसचिव घिमिरे र लेखाका कर्मचारीमाथि लागेको छ । पूर्ण रूपमा क्षति भएर काम नलाग्ने अवस्थामा पुगेका तिनै सवारी साधनको विवरण देखाएर कर्मचारीले इन्धन सुविधा लिने गरेको भेटिएको हो । जलेर नष्ट भएका सरकारी गाडीका नाममा समेत निरन्तर तेलको कुपन जारी गरी आन्तरिक प्रशासन शाखादेखि लेखाका कर्मचारीहरुले भागशान्ति गर्दैआएको खुलासा भएको छ । स्वास्थ्य मन्त्रालयको आन्तरिक प्रशासन शाखाका उपसचिव मित्रप्रसाद घिमिरेले गाडीको नाममा अहिले पनि इन्धनको कुपन जारी गरी अनियमितता गरेको आरोप लाग्दै आएको छ ।

मन्त्रालयभित्र कुपन वितरण, बिल भर्पाई मिलाउने र इन्धनसम्बन्धी सम्पूर्ण प्रशासनिक प्रक्रिया आन्तरिक शाखाका उपसचिव घिमिरेकै निगरानीमा हुने गरेको छ । घिमिरेमाथि केवल कुपन अनियमितताको आरोप मात्र लागेको छैन, सवारीसाधनको दुरुपयोगसम्बन्धी गम्भीर आरोप पनि लागेको छ । उनी कहिले सेतो नम्बर प्लेट सरकारी गाडी त कहिले रातो नम्बर प्लेट भएका सवारी प्रयोग गरेर व्यक्तिगत रूपमा आवतजावत गर्ने गरेको आरोप मन्त्रालयकै कर्मचारीहरूबाट खुलेको छ । घिमिरेले जेनजी आन्दोलनअघि भुक्तानी भइसकेका दसौं लाखका बिल नभएको भन्दै पुनः भुक्तानी गरिएको बिषयमा समेत छानबिन गर्न मन्त्री निशा मेहतालाई प्रशासन हेर्ने सचिवलाई निर्देशन दिएकी छिन् ।

यता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सहसचिव र सो भन्दा माथिका कर्मचारीहरुलाई मात्र चार पाँग्र्र सवारी साधन सुविधा दिन परिपत्र गरेको भए पनि शहरी विकास मन्त्रालय मातहतकी एक शाखा अधिकृतले चार पाँग्रे सवारी साधन हुइकाइरहेकी छिन् । गत भदौं २४ को विद्रोहमा आगोलागीबाट खरानी भएका शहरी विकास मन्त्रालय मातहतको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकी लेखा अधिकृत रोशना अधिकारीले बागमती प्रदेश–०१–००२ झ ७२४८ नम्बरको गाडी प्रयोग गरिरहेको खुलेको हो ।

उनले चालकसहितको चार पाँग्रे सवारी साधन प्रयोग गरिरहेको खुलेको छ । उनी गुहेश्वरी बस्दै आएकी छिन् । सो समितिका कार्यकारी निर्देशक नारायणप्रसाद मैनाली छन् । स्मरण रहोस उनी गोपी मैनाली, उमेश मैनालीका भाइ हुन् । उनैको संरक्षणमा लेखा अधिकृत अधिकारीले चार पाँग्रे सवारी साधन दुरुपयोग गरिरहेको खुलेको छ । लेखा अधिकृत अधिकारीले ६२५३ नम्बरको टिभिएसको वेगो स्कुटर घरायसी प्रायोजनका लागि प्रयोग गर्दै आएको समेत पाइएको छ ।
०००

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *