भाग खोज्दै गुट समाउँदा सिटौला समाप्त

राजनीति समाचार

काठमाडौं । पार्टीमा टीम छैन मौका पर्दा गिरिजा प्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवासँग सम्झौता गर्दै आफू नेता भईरहने कृष्णप्रसाद सिटौला कांग्रेसको राजनीतिबाट समाप्त भएका छन् । शेरबहादुर देउवाको सेवक बनेर आफू सुरक्षित बन्न खोज्दा पार्टीको त्यो पद पनि गएको हो । राष्ट्रिय सभाको सांसद भएर संसदीय दलको नेता भएका सिटौलाले पार्टीको विशेष महाधिवेशनलाई साथ दिएनन् ।

त्यो बेला देउवा समूह, डा. शेखर र कृष्ण सिटौलाको टोलीले विशेष महाधिवशेनको विरोध गरेका थिए । यथास्थितिमा रमाउँदै उनीहरुले ५४ प्रतिशत कार्यकर्ताको भावनामाथि प्रहार गरेर १५ औं महाधिवशेनको आन्तरिक तयारीलाई समेत प्रहार गर्न छाडेनन् । पार्टीको वैधानिकता सम्बन्धी विवादलाई अदालतले समेत फैसला गरी विशेष महाधविशेन पक्षलाई साथ दियो । त्यसपछि डा. शेखर पक्ष चुपचाप छ । देउवा र सिटौलाले भने फैसला स्वीकारेका छैनन् । कांग्रेसमा सिटौला र शेरबहादुरलाई गगन थापा सभापति भएकोमा रिश उठेको छ ।

१३ औं महाधविशेनमा सिटौला पक्ष भएका गगनले १४ औं महाधविशेनमा पुग्दा डा. शेखर पक्षबाट महामन्त्रीमा निर्वाचित भएका थिए । अहिले पनि १५ औं महाधिवेशनको तयारी भइरहँदा देउवा पक्षले १४ औं महाधिवशेन प्रतिनिधिको संख्याका आधारमा बजसेको महाधिवशेन तयारी समितिमा बराबरी भागखोज्दै राजधानीमै रमाएको छ ।

पार्टी नेतृत्व भने देशभर कार्यकर्ता परिचालनमा जुटेको छ । व्यक्तिको रिशले नेतृत्वको विरोध गरे तापनि पार्टीको लागि त्यो टोली खटेको देखिँदैन । आफ्नै गृहजिल्लाबाट बहिष्कृत भएका प्रकाशमान सिंह, डा. प्रकाश शरण महत र विमलेन्द्र निधिहरुलाई आजको पुस्ताले सेवा गर्नुपर्ने दासत्व स्वीकार्नुपर्ने अवस्थाको खोजीमै रमाउनु उचित ठानिएको हुन सक्छ । कृष्ण सिटौले राष्ट्रिय सभाको संसदीय दलको नेता पनि गुमाएका छन् । कमला पन्त दलको नेता भएकी छिन् । उनका श्रीमान मधु आचार्य भने डा. शेखर कोइरालाको टीममा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *