काठमाडौं । नेपाली कांग्रेस एउटा छ भने मोर्चा तीनथरी भएका छन् । हिजो संस्थापन र इतर समूह थियो । पार्टीमा भागबण्डा गर्दा संस्थापन पक्षको ६० र इतरपक्षको ४० प्रतिशत हुन्थ्यो । कोइराला परिवारको कब्जाबाट बाहिर गएपछि कांग्रेस विशेष महाधिवशेनमा डा. शेखर कोइरालाले खुट्टा कमाउँदा आफ्नो भागमा आएको सभापति पद गुमाएका छन् । अब कोइराला यो जुनीमा सभापति बन्ने सपना चकनाचुर भएको छ । तर, उनको समूह कतै भाग नपाउनेमा परेको छ । सधैं भाग खाने कृष्णप्रसाद सिटौलाको राष्ट्रिसभा, संसदीय दलको नेताको पद खोसियो । त्यो ठाउँमा कमला पन्त नेता भइन् ।
‘रिश खा आफू, बुद्धि खा अर्को’ भनेजस्तै काग्रेसमा रिश बढाउँदा अदालती पराजय भोगेर पनि पूर्ण बहादुर खड्का हिजोका बद्नाम बोकेर आफ्नो अस्थित्व रक्षा खोज्दैछन् । नेतृत्वले जिल्ला–लिल्लामा संगठन विस्तार गर्दै जरा अभियान चलाएको छ । तर, विशेष महाधिवेशनलाई अवैध ठान्ने खड्काको टोली अदालत, निर्वाचन आयोग जस्ता संवैधानिक निकायलाई विश्वास नगर्दा कांग्रेसभित्र रडाको मच्चिएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेले सचेतक, प्रमुख सचेक, उपनेता पनि पार्टी संरचना अनुसार छानेका छन् ।
दाश र अनुदासको भर नपर्ने कांग्रेसको आजको शक्ति सन्तुलन मिलाउन १५ औं महाधिवशेनले सक्छ । तर पुरानो टोलीलाई धेरै पद संख्या चाहिएको छ । चुनाव लड्ने पराजित हुने, रन्जु दर्शनासँग जमानत जफलत गराउनुपर्ने प्रकाश मान सिंह टिकट नपाउँदा चुनाव प्रचारमासमेत देखिएनन् । विमलेन्द्र निधि विजय गच्छेदार डा. प्रकाश शरण महत, शंकर भण्डारी, गोविन्द भट्टराईजस्ता चुनावमा थान्को लागेका व्यक्तिगत कार्यकर्ता भएका नेता पनि अवैध नेतृत्वको पछि लागेर १५ औं महाधिवेशनबाट थन्कने रहर गरिरहेका छन् । यो कुराको सन्देश राष्ट्रिय सभाको संसदीय दलको नेता र सचेतकको फेरबदललले दिएको छ ।
डा. शेखर आफ्नो समूह बनाएर जमघट गरेपनि जिल्लाबाट छनोट हुने भयो । प्रतिनिधिको विश्वास जित्ने स्थितिमा कोइराला छैनन् । कांग्रेस एउटा छ , सबैले चारतारा मान्छन् झण्डा उही छ तर विभाजित समूह तीनतिर छ । कांग्रेसका लागि ५ वर्ष अवसर हो संगठन बनाउने प्रदेश र स्थानीय चुनावमा जनताको विस्वास जित्न । तर, नेता र गुटको स्वार्थले संकट बेहोर्दैछ ।

