होला त केयुकेएल र पीआईडीका कर्मचारीहरु सम्पत्ति छानविन ?

राजनीति समाचार

काठमाडौं । सरकारले खानेपानी मन्त्रालयलाई पूर्वाधार विकास मन्त्रालयमा रुपान्तण गर्ने भएको छ । सरकारले काठमाडौं खानेपानी लिमिटेड (केयुकेएल) काठमाडौ उपत्यका खानेपानी बोर्ड, काठमाडौं उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) र महसुल निर्धारण आयोगलाई गाभेर काठमाडौं उपत्यका खानेपानी प्राधिकरण गठन गर्ने भएको छ ।

सरकारले खर्च कटौतीको नाममा चारवटा संस्थालाई गाभेर एउटै बनाउने लागेको हो । त्यसले गर्दा केयुकेएलका पूर्वसिईओ अशोक कुमार पौडेलले गत वैशाख अन्तिम साता पदबाट राजीनामा दिएका छन् । उनको ठाउँमा प्रकाश राईलाई निमित्त सिईओको रुपमा नियुक्ति गरिएको छ । त्यसैगरी पीआईडीका ठेक्का ह्याक गरेर खान पल्केका विकेश थथाछेलाई सुर्खेत सरुवा गरिएको छ भने उपसचिव सुजाता जोशीलाई मेलम्ची खानेपानी आयोजनामा सरुवा गरिएको छ ।

पीआईडीका सिईओ टिका चौधरीलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ भने पीआईडीको सिईओमा रामकुमार श्रेष्ठलाई ल्याइएको छ । श्रेष्ठ खानेपानी तालीम केन्द्र अनुसन्धान शाखामा रहेका थिए । त्यस्तै पीआईडीमा भ्रष्ट कर्मचारी मधु तिमल्सिना, अमृत रन्जित, प्रभात श्रेष्ठ र इन्जिनियर श्याम न्यौपानेहरुको हामीमुहाली अझै पनि चल्दै आएको छ । मन्त्री निशा मेहताले त्यस्ता भ्रष्ट कर्मचारीहरुलाई अहिलेसम्म कारबाही गर्न सकेकी छैनन् ।

सरकारले भ्रष्टाचारीलाई छानविन गरी कारबाही गर्ने भनिरहँदा मेलम्ची खानेपानी आयोजनाको ठेक्काको टेण्डर ह्याक गरेर आफ्नो मान्छेलाई पार्ने भ्रष्टहरुलाई मन्त्री मेहताले कारबाही गर्न नसक्नु उनी पनि विवादित पात्र भएको हुनुपर्छ । केयुकेएल, पीआईडी, काठमाडौं उपत्यका खानेपानी बोर्ड र महसुल निर्धारण आयोगमा वर्षौंदेखि ढलिमली गरी अकुत सम्पत्ति आर्जन गर्ने भ्रष्ट कर्मचारीहरुलाई छानविन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने माग खानेपानी मन्त्रालयका कर्मचारीहरुले गर्न थालेका छन् । खानेपानी मन्त्रालयका सचिवले पनि यस्ता भ्रष्ट कर्मचारीलाई कारबाही गर्न नसकेको मन्त्रालय स्रोतले बताएको छ ।

त्यसैगरी मेलम्चि खानेपानी आयोजनामा लामो समयसम्म बसेर आर्थिक चलखेल गर्ने कर्मचारीहरुको पनि सम्पत्ति छानविन गर्नुपर्ने आवाज केयुकेएलका कर्मचारीहरुले उठाउन थालेका छन् । केयुकेएलमा तत्कालीन सिईओ अशोक पौडेलले मासिक ३ लाख ५० हजारभन्दामाथि तलब, सुविधा लिएको तर काम नगरेको भन्दै कर्मचारीहरुले राजीनामाको माग गर्दै आएका थिए ।

जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचना र खानेपानी पाइप बिछ्याउने जस्ता काममा ढिलासुस्ती गरेको, युनियनका कर्मचारीहरुलाई पेल्दै लगेको, केयुकेएललाई धरासाही बनाएको भन्दै दलनिकट कर्मचारी युनियनका नेताहरुले विगत लामो समयदेखि केयुकेएलका सिईओ अशोक पौडेलको राजीनामा माग्दै आएका थिए । ढिलै भएपनि अशोक पौडेलले राजीनामा दिएपछि उनको ठाउँमा प्रकाश राईलाई निमित्त सिईओको जिम्मा दिइएको छ । राईले कार्यबहाक सिईओको जिम्मेवारी पाएपछि केयुकेएललाई चलायमान बनाउन सक्छन् कि भन्ने अपेक्षा आमकर्मचारीहरुले गर्न थालेका छन् । तर, सरकारले राईलाई नै सिईओको जिम्मेवारी दिन्छ कि खुल्ला प्रतिस्पर्धाबाट अन्यलाई ल्याउँछ त्यो हेर्न बाँकी छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *