प्रधानमन्त्रीको अभिव्यक्तिले सबैतिर विरोध !

राजनीति समाचार

बालेनबाट हर्षित भारतले रविलाई के उपहार देला ?
काठमाडांैं । संसदमा दुई तिहाई हाराहारी बहुमत भएको रास्वपाको गतिविधि र ंप्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिले नेपालको गरिमा खस्किँदै गएको छ । प्रधानमन्त्री बालेन्द्र साह न त राष्ट्रिय पोशाक नै लगाउँछन् न त संसदमा गएर राष्ट्रियताको विषयमा गम्भीर हुन्छन् । वरिष्ठ नेता तथा प्रधानमन्त्री साहको गतिविधिकै कारण रास्वपाका अन्य सांसदहरु पनि संसद्मा अराजक र असहीसुण गतिविधिमा उत्रिन थालेका छन् । संसदीय अधिवेशनमा प्रधानमन्त्रीले सम्वोधन गर्नुपर्नेमा राष्ट्रपतिले सम्वोधन गर्दा पनि सुनेर बस्ने धैरेता राख्न सकेनन् ।

त्योसँगै जेठ १५ गतेको गणतन्त्र दिवसलाई सम्वोधन गर्न पनि उनले उचित ठानेनन् । गणतन्त्र दिवसको सम्वोधन राष्ट्रपति रामचन्द्र पौडेलले नै गरेका थिए । यी र यस्तै कारणले गर्दा प्रधानमन्त्री साहले राष्ट्र, राष्ट्रियता र नीति नियमको धज्जी उडाउने काम गर्दै आएका छन् । आफैले ल्याएको नीति तथा कार्यक्रमको सम्वोधन पनि नगरी बसिरहेका थिए । लामो समयदेखि संसद् अन्य सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन पनि अटेर गरिरहेका थिए । तर, गत आइतवार प्रधानमन्त्री साहले संसदलाई सम्वोधन गर्ने क्रममा सांसदहरुले भारत र नेपालबीच सीमा विवादको बारेमा उठाएको प्रश्नको जवाफ दिने क्रममा ‘भारतले नेपाली भूमि मिचेको मात्रै होइन, नेपालले पनि भारतीय भूमि अझ धेरै मिचेको आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको’ भन्ने अभिव्यक्ति दिएर राष्ट्रियतामाथि धावा बोलेका छन् ।

भारतले लिपुलेक, लिम्पियाधुरा र कालापानीको हजारौं हेक्टर नेपाली भूमि मिचेर मानव सरोवर यात्राको बाटो खुलाएको छ । त्यस विषयमा लामो समयदेखि संसद्मा आवाज उठिरहेको थियो । तर प्रधानमन्त्री साहले लिपुलेक, लिम्यिाधारासँगै नवलपरासी जिल्लाको सुस्तालगायत २७ ठाउँमा नेपाली भूमि भारतले मिचेको विषयमा संसद् उठिरहँदा प्रधानमन्त्री साहले उल्टै नेपालले त्योभन्दा बढी ठाउँमा भारतीय भूमि मिचेको भन्दै नेपालको राष्ट्रियतामाथि धावा बोल्ने काम गरेका छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा समेटिएको चुच्चे नक्सासमेत जारी गरेका थिए । केपी ओली सत्ताबाट बाहिरिएपछि भारतले लिपुलेक पासबाट मानसरोवर तीर्थयात्राको बाटो खुल्ला गरेको छ । प्रधानमन्त्री साहले त्यस विषयमा भारत र चीनसँग कुरा उठाउनुपर्नेमा उल्टै अन्य स्थानमा नेपालले भारतीय भूमि मिचेको अभिव्यक्ति दिएर नेपालको राष्ट्रियतामाथि खलल पु¥याउने काम गरेका छन् । प्रधानमन्त्री साहको त्रुटीपूर्ण अभिव्यक्तिले भारतले नेपाली भूभाग मिचेको भन्ने नेपाली अडान कमजोर बनाएको छ । प्रधानमन्त्री साहको अभिव्यक्ति आएकै दिन भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले हातहतियारसहित नेपाली भूमि प्रवेश गरी नवलपरासीको सुस्तास्थित नारायणी नदीमा बन्दै गरेको तटबन्धनको काममा रोक लगाएको छ ।

त्यसले गर्दा बालेन्द्र साह नेपालका प्रधानमन्त्री हुन् कि भारतका प्रधानमन्त्री हुन् ? भनेर आमसर्वसाधारणले प्रश्न उठाउन थालेका छन् । उता, प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर पतिपक्षी दल र विद्यार्थी संघ, संगठनहरुले विरोध गरेरहँदा रास्वपाका सभापति रवि लामिछाने भने भारत भ्रमणमा गएका छन् । संसदमा प्रधानमन्त्री साहले भारतको पक्षमा बोलेपछि भारतले पनि अन्य दलका प्रधानमन्त्री र पार्टी सभापतिहरुलाई भन्दा ठूलो सम्मान रास्वपा सभापति रवि लामिछानेलाई दिएपछि यो सरकार नेपालको कि भारतको भन्ने शंका उत्पन्न भएको छ । प्रधानमन्त्रीको अभिव्यक्तिको भोलिपल्ट भारत गएका रास्वपा भापति लामिछानेलाई भारतले के उपहार दिएर पठाउँछ त्यो भने प्रतिक्षाको विषय बनेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *