काठमाडौं । स्वास्थ्यको दृष्टिले कोका–कोला, फ्यान्टा, स्प्राइटजस्ता पिय पद्धार्थलाई हानिकार मानिएको छ । तर, कोक कम्पनीले विश्वकपको अवार्डदेखि विभिन्न कार्यक्रम स्थलमा ब्यानरहरु राखेर ब्रान्डिङ गर्दै आएका छन् । त्यस्तै बहुराष्ट्रिय कम्पनी कोका–कोलाले फिफा वल्डकप २०२६ को ब्रान्डिङ गरेर आफ्नो उत्पादनको विज्ञापन गरेको छ । विगत पाँच दशकदेखि सहकार्य गर्दै आएको फिफा र कोका–कोला कम्पनीले वल्डकप २०२६ मा सहकार्य गर्ने जनाएको छ । यस्ता पेय पद्धार्थहरुमा मानव स्वास्थ्यको लागि हानीकारक केमिकलयुक्त पद्धार्थ हुने गरेको स्वास्थ्य विज्ञहरुले बताइरहेका छन् । तर, यस्ता पियपद्धार्थ उत्पादक कम्पनीहरुले खेलकुद, शिक्षाजस्ता क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको देखाउँदै आफ्नो विज्ञापन गर्ने गरेका छन् ।
त्यस्तै रेडबुल, फ्रटी, तयारी जुसजस्ता पियपद्धार्थ र जङ्कफुड कम्पनीहरुले उत्पादन गरेका खाद्यान्नहरुको विज्ञापन गरिएको हुन्छ । तर, यस्ता पिय पदार्थ र जङ्कफुडहरु मानव स्वास्थ्यको लागि कति हानिकारक छन् भन्ने विषयमा सरोकारवालाले ध्यान दिएको पाइँदैन । स्वास्थ्यमन्त्रालयले पनि यस्ता विषयमा कुनै ध्यान दिएको पाइँदैन । पछिल्लो समय जनचेतना बढ्दै गएपछि कोका–कोला, फ्यान्टा, स्प्राइट, मिरिन्डाजस्ता कोल्ड ड्रिङ्क खाने प्रचलन घट्दै गएको छ । त्यसकारण कम्पनीहरुले विभिन्न सेमिनार, गोष्ठी, खेलमैदानहरुमा आफ्नो कम्पनी पोस्टर, ब्यानर र अवार्ड दिने नाममा विज्ञापन गर्दै आएका छन् । यस्ता कोल्ड ड्रिङ्क र जङ्कफुडको कारण क्यान्सर, अल्सर, ग्यास्ट्रीकजस्ता नसर्ने रोग लाग्ने स्वास्थ्य विज्ञहरुको भनाइ छ ।
सूर्तिजन्य पद्धाथ उत्पादक कम्पनी सूर्य नेपालले पनि गल्फ खेलदेखि विभिन्न कार्यक्रम स्थलमा सामाजिक उत्तारदायित्वमार्फत् आफ्नो विज्ञापन गर्दै आएको पाइन्छ । सूर्य नेपाल कम्पनिले ‘मंगलदीप धुप’को नाममा विभिन्न ब्रान्डका चुरोटको विज्ञापन गरिरहेको पाइन्छ । एकातिर धुम्रपान, मध्यपान स्वास्थ्यको लागि हानिकार छ भनेर सञ्चारमाध्यममा प्रचार–प्रसार गर्न प्रतिबन्द लगाइएको छ । अर्कोतिर वर्षेनी सूर्तिजन्य पद्धार्थ स्वास्थ्यको हानिकारक छ भनेर जनचेतना जगाउने कार्यक्रमको लागि ठूलो रकम खर्च गरिएको हुन्छ । त्यस्तै सूर्तिजन्य पद्धार्थ उत्पादक कम्पनी सूर्य नेपालले सबैभन्दा धेरै कर तिरेको भनेर सरकारले नै पुरस्कृति गरिरहेको हुन्छ ।
त्यसैगरी मदिरा कम्पनीहरुले सञ्चारमाध्यममा विज्ञापन प्रतिवन्द लगाएपछि दशैं, तिहार, छठलगायत विभिन्न महत्वपूर्ण चाडपर्वको बेला पसल, होटल र मदिरा डिलरहरुमा पोस्टर, पम्लेट, ब्यानर राखेर प्रचार–प्रसार गरिरहेका हुन्छन् । यदि स्वास्थ्यको लागि यी पद्धार्थ हानिकारक नै हुन् भने प्रतिबन्ध लगाउनुप¥यो होइन भने सरकारले करको लोभमा द्वैध चरित्र देखाउनुभएन ।
यदि सूर्तिजन्य र मदिराजन्य पद्धार्थमा राज्यलाई ठूलो मात्रा कर उठ्छ भने पत्रपत्रिकालगायत सञ्चारमाध्यममा विज्ञापन गर्न खुल्ला गरिदिए हुन्छ होइन भने एकातिर राज्यको पैसा खर्च गरेर कार्यक्रम गरिगरि त्यसको विरोध गर्ने अर्कोतिर डब्ल्युएचओको प्रतिवेदन देखाएर कर बढी लगाउने नाममा सर्वसाधारण जनतालाई झुक्याउने काम गरिँदै आइएको छ ? सूर्तिजन्य र मदिराजन्य पद्धार्थको विज्ञापनमा जति प्रतिबन्द लगाइएको छ त्यतिनै विक्रीवितरण र सेवन बढिरहेको छ ।

