अवसरवादी कर्मचारी र नेताका कारण एमाले संगठन ध्वस्त

राजनीति समाचार

काठमाडौं । विगत लामो समयदेखि नेकपा एमाले निकट निजामति कर्मचारी संगठनका नेताहरुले पार्टीबाट व्यक्तिगत फाइदा लिँदै आएका थिए । एमाले निकट कर्मचारी संगठनमा मोहनबहादुर केसी २०४६ सालमा संस्थापक संयोजक रहेका थिए । त्यसैगरी २०४७ सालमा गौरीबहादुर कार्की तदर्थ समितिको संयोजक बनेका थिए ।,

त्यसपछि २०४७ साल कात्तिक ६ गते हरिप्रसाद उप्रेती तदर्थ समिति संयोजक बने । फेरि २०४७ साल चैत १६ गते प्रेम प्रसाद दङ्गाल एमाले निकट कर्मचारी संगठनको अध्यक्ष बने । त्यसयताका उक्त संगठनको अध्यक्षहरुमा बालकृष्ण गिरी, सिताराम नेपाल, नगेन्द्रमणि न्यौपाने, विश्वनाथ प्याकुरेल, स्व. मुरारी भट्टराई, गणेश बस्याल, भोलानाथ पोखरेल, पुण्यप्रसाद ढकाल, मोहन घिमिरे, केदार प्रसाद देवकोटा, लेखनाथ कोइरालाहुँदै हाल भवानी दाहाल न्यौपाने अध्यक्ष रहेकी छिन् । ती अध्यक्षहरुमध्ये सबैभन्दा धेरै एमालेबाट फाइदा लिनेमा प्रेमप्रसाद दङ्गाल पर्दछन् । दङ्गाल २०४७ सालमा निजामती कर्मचारी संगठनको अध्यक्ष भए । त्यसपछि उनलाई एमालेले २०४९ सालमा थप अध्ययनको लागि हङकङ पठाएको थियो । हङ्गकङ्गबाट पीएचडी गरेर नेलाप फर्किएपछि दङ्गाललाई एमालेले राष्ट्रिय योजना आयोगको सदस्य बनायो ।

त्यसपछि दङ्गाललाई एमालेले किसान महासंघको महासचिव बनायो । अझ वामदेव गौतम गृहमन्त्री भएपछि एमालेभित्र दङ्गालको ढलिमढी झन् बढेको थियो । त्यसपछि फेरि दङ्गाललाई नै एमालेले किसान आयोगको अध्यक्षसमेत बनाएको थियो । त्यसपछि दङ्गाल एमालेबाट राष्ट्रिय सभाको सदस्यहुँदै राष्ट्रिय सभाकै संसदीय दलको नेता समेत बन्न सफल भएका थिए । यस्तै भ्रष्ट र अवसरवादी चरित्रका कर्मचारी नेताहरुले गर्दा पछिल्लो समय पार्टी नै बदनाम हुन पुगेको छ । त्यसको असर पार्टीका विभिन्न जनवर्गीय संगठनदेखि कर्मचारी संगठनभित्रसमेत परिरहेको छ । पार्टी नेतृत्वहरुले पनि यस्ता अवसरवादी कर्मचारी चिन्न नसक्दा आज एमाले निकट कर्मचारी संगठन ध्वस्त हुन पुगेको छ भने सिंगो पार्टी नै बद्नाम भएको छ । यस्तै अवसरवादीहरुले पार्टी र संगठन कब्जा गरेपछि त्यसको असन्तुष्टि गत फागुन २१ गते प्रतिनिधि सभान निर्वाचनमा पोखिएको थियो ।

निजामति कर्मचारी संगठनसँगै एमालेका विभिन्न जनवर्गी संगठनका नेताहरु पनि आफ्नो अनुकूलताको लागि जस्तोसुकै हर्क गर्न पछि नपर्ने कारणले गर्दा आज एमाले संगठनकै ध्वस्त हुन पुगेको छ । आफ्नो व्यक्तिगत फाइदाको लागि पार्टी संगठन ध्वास्त बनाउने अवसरवादी नेता÷कार्यकर्तालाई छानविन गरी अनुसासनको कारबाही नगर्ने हो भने पार्टीको अस्तित्व नै नामेट हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *