काठमाडौं । कांग्रेस सजिलो पार्टी भएकोले चुनावमा गुटको उम्मेदवारलाई मतदान नगरे पनि ऊ कांग्रेस नै हुन्छ । सत्तामा हुँदा राज्य दोहनलाई प्रमुख एजेन्डा बनाउने ठेकेदार दीपक खड्काहरु पनि कांग्रेस नै हुन् । राज्य लुटको पैसा बैंकमा राख्दा श्रोत खोज्छ भनेर घरको भूमिगत गोदाममा थान्को लगाउने शेर बहादुर देउवा अवैधनिक सभापति नै हुन् । डा. आरजु राणा सिंगापुरमा बसेकी छन् । ती पनि कांग्रेस नै हुन् । एमालेमा जस्तो परस्त्री पीडक कांग्रेसमा बाहिरिएका छैनन् । तर, उनीहरु दाइ–भाउजुकै संरक्षण छन् ।
कांग्रेस सजिलो पार्टी हो । किन कि हिजो गगनको हातबाट चुनावको टिकट पाएका जनताले धोका दिएपछि बेरोजगार बनेका र टिकट नपाएका प्रकाशमान, डा. शशांक कोइरालाहरु पार्टीलाई गुटमा रुपान्तरण गरेर त्यसको वैद्यता खोज्दैछन् । डा. शेखर कोइरालाजस्तो नैतिकवानलाई गगनको टिकट ठिक चुनावमा पराजित भएपछि गगनको टिम अस्वीकृत हुनुपनि प्रजातान्त्रिकै हो । देउवा गुटमा विजय गच्छदार, विमलेन्द्र निधि, प्रकाश शरण महत, मोहन बस्नेतजस्ता पात्र दुधले धोइएका होइनन् । दीपक खड्कालाई सुनपानी छर्कने काम यो टीमले गरेको छ । मन्त्री हुँदा कर्मचारीलाई सरुवाको ठेक्काजस्तो गरी लुट्थे । डा. आरजु पनि त्यही लाइनमा भइहालिन् ।
कांग्रेसको भेला गुटको कार्यक्रम पार्टीले हकअधिकारको कुन धाराले दियो उनीहरु भन्दैछन् । तर, ४ हजार ७ सय ५३ जना महाधिवेशन प्रतिनिधिहरुले सहभागिता जनाएको विशेष महाधिवेशन यो गुटले वैधानिक ठानेन । वंशवादमा रमाएको यो समूह वीपी पुत्र शशांक कोइरालालाई अगाडि सारेर राष्ट्रिय भेलालाई सम्मेलन भन्दै सम्पन्न गरेको हाँक दिँदैछ । विधानतः यो गलत छ । तर प्रजातन्त्रको रामनामी जप्न छाडेको छैन । यो समूहले पारित गरेका दस्तावेजले राजनीतिक अर्थ रख्दैन । सर्वोच्चको फैसला यीनको स्वार्थमा हुन्छ कि महाधिवेशन तयारी गरिरहेको संसदमा विपक्षी नेपाली कांग्रेसको पक्षमा हुन्छ चासो त्यहीँ छ । पार्टीको विधान, संसदीय कानून, निर्वाचन आयोगको लिखत संस्थापनको पक्षमा छन् ।

