काठमाडौं । अरुलाई देखाउन हो संसदीय दलको विधि र प्रक्रिया एमाले अध्यक्ष केपी ओलीका लागि उनको लहड र निर्णय नै संसदीय दलको विधान पार्टी विधान र संविधान बन्दै छन् । उनैले भन्ने गरेको संसदीय दलको नेता मुख्यमन्त्री बन्द भन्ने भन्ने कुराले उनकै धज्जी उडाउने काम गरेको छ । त्यसलाई प्रभावित गर्न बागमती प्रदेश र कोशी प्रदेशमा भएको गतिविधिले प्रमाणित गर्दछ ।
वमपन्थी सत्ता सहकार्य आजको आवश्यकता होला । तर, केपी ओली र प्रचण्डको स्वर्थका मान्छे मुख्यमन्त्री बन्नु सहकार्यको लक्ष्य हुनुहुँदैनथ्यो । प्रचण्डले प्रदेशमा संसदीय दलकै नेतालाई मुख्यमन्त्री बनाए । तर एमाले अध्यक्ष केपी ओलीले आफ्नो विकल्प खोज्ने नेताको रुपमा वागमतीका जेएन थपलिया र कोशीका हिक्मत कार्कीको विकल्पमा उमेदवार खडा गरेर पार्टी विधि, विधान र संसदीय मूल्या मान्यताको धज्जी उडाएका छन् ।
कांग्रेसमा पनि यस्तो हुन्न । ओलीको यो निर्णयले पार्टीको योगदान, निरन्तरता, कर्तव्यपरायणता, जस्ता कुरा अब एमालेमा महत्वपूर्ण छैन भन्ने देखायो । पैसाको चलखेल गर्नेलाई नेतृत्व सुम्पने हो भने जीवनभर एमालेको राजनीति गरेकाहरुले ओली कालभर ठाउँ पाउँदैनन् भन्ने छर्लङ्ग भयो । एमाले सचिवालयलाई वाइपास गरेर जसरी प्रदेश सरकार गठन, मुख्यमन्त्री र मन्त्री छनोटको काम हुँदैछ । त्यसले निष्ठा र त्याग लत्याइयो भन्ने बुझ्नुपर्छ ।

