प्रज्ञा–प्रतिष्ठानमा अराजक

राजनीति समाचार

काठमाडौं । मुलुकको भाषा र संस्कृतिको जगेर्ना गर्ने प्रज्ञा–प्रतिष्ठानलाई जोक्करको थलो बनायो । चरित्रगत रुपमा विवादमा परेका काउलीबारी प्रेमी कुमार नगरकोटीलाई प्रज्ञाको उपकुलपति बनाएर पर्यटन तथा संस्कृति मन्त्री गणेश पौडेल नाङ्गिएका छन् । कास्कीका नगरकोटीले त्यो पद धान्न सक्दैनन् । पौडेल पनि त्यस्तै लहडी थिए । स्थानीय चुनावको बेला लौरो चुनाव बिन्ह लिएर पोखरा महानगरको मेयरको उम्मेदवार बनेपछि बालेनसँग उनको सम्बन्ध जोडिएको हो । नाट्यकलामा झुमा लिम्बु र ललितकलामा अविनाश श्रेष्ठ उपकुलपति बनाइएका छन् ।

विचौलियाको सकृयतामा प्रज्ञाप्रतिष्ठान, नाट्यकला प्रतिष्ठान र ललितकला प्रतिष्ठान जस्ता ठाउँमा उपकुलपति त चयन भए । तर उनीहरु विवादरहित भएनन् । संस्कृति तथा पर्यटनमन्त्री गणेश पौडेल आफै पनि सार्वजनिक जमीन कब्जा गरेर खाजाघर चलाएका व्यक्ति भए । पाखेरा बसपार्कका सुकुम्वासीका झुपडी भत्किँदा मन्त्रीको खाजाघर भत्केन । श्रम गर्नुपर्छ तर जिम्मेवार पदमा पुगेपछि मन्त्रीको गरिमा राख्नुपर्छ । विषयगत विज्ञताका अनुहारले ठाउँ पाउनुपर्छ । तर, बालेन समूहका मन्त्री हुन् वा सांसद कसैले पदीय मर्यादा राखेनन् ।

विषयको ख्याल गर्दैनन् ।
८० वर्षे वृद्धलाई बायुसेवा निगमको कार्यकारी अध्यक्ष बनाउने काम भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्य क्षेत्रभित्र हवाई प्राधिकरण पनि पर्छ । नेपालले फ्रान्सेली कम्पनीका जहाज उडाउँछ । तर नेपालको उडान क्षेत्र आईकाओको कालो सूचमा हुँदा जिगमले युरोपेली युनियनका सदस्य देशमा उडान गर्न नपाउने अवस्था छ । जान्नेलई छानेको रास्वपाको टोली त्यसतर्फ ध्यान दँदैन । प्राज्ञिक थलोमा पनि विवादित पात्रहरु नियुक्ति गरेको छ । त्यसले सबैतिर भद्रगोल बढ्दै छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *