भ्रष्टाचारमा पुरानाभन्दा नयाँ अगाडि

राजनीति समाचार

पुराना दलका सरकारका मन्त्रीहरुले काम गरेबापत खुलखुला कमिसन खाने गर्दथे भने ‘जान्नेलाई छान्ने’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकारका मन्त्री र स्वकीय सचिवहरुले पत्रकारहरुलाई मन्त्रालयमा प्रवेश निशेष गराएर ‘मुसा’ले ढुकुटी रित्याएझैं गरी लुकीछिपी भ्रष्टाचार र अनियमितता गरिरहेका छन् । मन्त्रीका सचिवालयमा बस्ने कर्मचारी र रास्वपाका कार्यकर्ताहरुले कामको प्रकृति हेरेर भित्री रुपमा असुली धन्दा चलाइरहेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह भ्रष्टाचारको मामलामा स्वच्छ छविका रहे तापनि उनको क्याविनेटकम मन्त्रीहरु भने पुराना दलका मन्त्री भन्दा बढी कमाउधन्दा चलाउन कम छैनन् ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले राजस्व छलीमा व्यापारीहरुलाई सहयोग गरेर कमाउ धन्दा चलाइरहेका छन् । त्यस्तै सानातिना खुद्रा पसलेलाई करको दायरा ल्याउनको लागि बिलविजकमा उपहार र चिठ्ठा राखेर रमिता देखाइरहेका छन् । पूर्वाधार विकास मन्त्री सुनिल लम्साल विकास निर्माणको काममा अनुगमन गर्ने नाममा ठेकेदारहरुलाई तर्साएर दाम झार्ने, दाम नदिएको खण्डमा ठेक्का तोडेर नयाँलाई दिई कमिसन खाने काम गरिरहेका छन् । पहिला स्वकीय सचिवसमेत नराख्ने भनेका रास्वपाको बालेन नेतृत्वको सरकारका मन्त्रीहरुले पहिलाका मन्त्रीहरुले भन्दा बढी स्वकीय सचिव र सल्लाहकार राखेर रमिता देखाएका छन् । पूर्वाधार विकास मन्त्री लम्सालले मात्रै ३९ जना स्वकीय सचिव, सल्लाहकार र सहयोगीहरु राखेर कमाउधन्दा चलाइरहेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गणेश पौडेलले नेपालको भाषा, साहित्य, कला संस्कृतिको जगेर्ना गर्ने संस्था प्रज्ञा–प्रतिष्ठन, नाट्यकला र ललितकलाजस्ता ठाउँमा विषयविज्ञ भन्दा बाहिरका व्यक्तिलाई नियुक्ति गरेर अनियमिततालाई प्राथमिकता दिएका छन् । त्यसैगरी भूमि, सहकारी तथा संघीयमन्त्री प्रतिभा रावलले पनि कर्मचारी सरुवामा आर्थिक चलखेल गरेको आरोप छ । त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार व्यवसायीको आन्दोलन रोक्ने नाममा रकमको चलखेल भएको आरोप छ ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाउने र हटाउने खेलोफड्कोमा मन्त्री र स्वकीय सचिवहरुको मिलेमतोमा आर्थिक चलखेल भएको आशंका गरिएको छ । त्यसैगरी सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रमा ठेक्का लगाउने प्रक्रियामा आर्थिक चलखेल भएको आशंका गरिएको छ । त्यसले गर्दा पुरा दलका सरकारको पालामा मन्त्री र कर्मचारीहरुले खुलमखुला रुपमा कमिसन खाने गर्दथे भने रास्वपा सरकारका मन्त्री र तीनका स्वकीय सचिवहरुले लुकीछिपी कमिसन खाने गरेका छन् । त्यसले गर्दा पहिलाका सरकारको पालामाभन्दा रास्वपा सरकारको पालामा बढी भ्रष्टाचार भएको छ । ‘चुपचाप घण्टीमा छाप’ भनेजस्तै भ्रष्टाचार पनि चुपचाप ढंगले गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *