ईभी गाडी काण्डमा अर्थमन्त्रीको रहश्यमय साँठगाँठ

अर्थ/वाणिज्य राजनीति समाचार

काठमाडौं । आार्थिक वर्षको अन्त्यमा व्यापारीहरुले भारतीय नाकाबाट भन्सार छली गरेर सामान भित्र्याउने प्रचलन विगतकै हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले भारतीय भन्सार नाकाहरुमा कडिकडाउ गरेपछि चोरीतस्करी गर्नेहरु चीनतिर लागेका छन् । पछिल्लो समय चिनीया नाकाबाट भन्सार छली गरेर चोरीतस्करीका सामान भित्र्याउनेहरुको संख्या बढ्न थालेको छ । सुनदेखि विभिन्न विद्युतीय सामान, गाडीका पार्टपूर्जा र गाडीहरु चीनबाट आयात गर्दा भन्सार छली गर्नेहरुको ताँती लाग्न थालेको छ । सरकारले २०८३ ÷८४ को बजेट सार्वजनिक गर्नुअगाडि भन्सारका कर्मचारी, सुरक्षा निकाय र व्यापारीहरुले मिलेमतो गरी भन्सार छली गरेर चीनबाट ईभी गाडी भित्र्याउने खेलोफड्को गरेका थिए ।

७ सय ७४ वटा ईभी गाडी भित्र्याउँदा व्यापारी, सुरक्षा निकाय र कर्मचारीहरुले करिव २ अर्बभन्दा बढी रकम हिनामिना गरेको खुलासा भएको छ । त्यो घोटाला काण्डमा अर्थमन्त्री स्वर्णिम वाग्लेसमेत संलग्न रहेको बताइन्छ । यदि त्यो काण्डमा अर्थमन्त्री वाग्लेको संलग्नता थिएन भने किन खण्डन गर्न सकेनन् ।
राष्ट्रिय सञ्चार माध्यमहरुमा चीनबाट भन्सार छली गरेर ७ सय ७४ ईभी गाडी ल्याउँदै गर्दा मुस्ताङको जोमसोम, पर्वतको कुश्मा, कास्कीको हेम्साबाट सशस्त्र प्रहरीले पक्राउ गरेको थियो । त्यस विषयमा अर्थमन्त्री वाग्लेले आफ्नो संलग्नता नभएको भनेर विज्ञप्तिसमेत प्रकाशित गरेका छैनन् ।

त्यसले गर्दा अर्थमन्त्री वाग्ले, अर्थमन्त्रालयका उच्च तहका कर्मचारी र व्यापारीहरुको संलग्नतामा ठूलो मात्रामा राजस्व हिनामिना गरिएको बताइन्छ । बजेट सार्वजनिक हुने आसपासमा पहिलादेखि नै भन्सार छली गरेर चोरीतस्करी गर्ने धन्दा फस्टाउँदै आएको थियो । रास्वपा सरकारले पनि त्यसैलाई निरन्तरता दिएर कमाउधन्दा चलाउन थालेको पाइन्छ । ईभी गाडी सशस्त्रले पक्राउ गर्नु त एउटा उदाहरण मात्रै हो । अन्य भन्सार नाकाहरुबाट चोरीतस्करीका सामान भित्रिइरहँदा पनि राजस्व र भन्सारका कर्मचारीहरुको नजर पर्न सकेको छैन ।

विगतदेखि नै आर्थिक वर्षको अन्त्यतिर भन्सार र राजस्वका कर्मचारीहरुले व्यापारीहरुसँग मिलेमतो गरी कर छलीमा सहयोग पु¥याउने र आर्थिक लाभ लिने गर्दै आएका थिए । यसपालि पनि बजेट आउनुभन्दा केही दिन अगाडि भन्सार छली गरेर ठूलो मात्रामा ईभी गाडी भित्र्याएर व्यापारी र कर्मचारीहरुले आर्थिक लिएका छन् । अहिले अन्य निकायमा घुसको कारोबार सुस्ताएपछि भ्रष्ट कर्मचारीहरु भन्सार र राजस्वतिर आँखा लगाउन थालेका छन् । व्यापारीहरुले पनि तिनै भ्रष्ट कर्मचारीहरुलाई आफ्नो हातमा लिएर भन्सार छल्ने काम गर्दै आएका छन् ।

राजस्व अनुसन्धान विभाग खारेज गरेपछि झन् भन्सार छलीको धन्दा फस्टाउन थालेको छ । तर, सरकारले राजस्व छली गर्ने व्यापारीहरुलाई अनुसन्धान गरी कारबाही गर्न सकेको छैन । भारतबाट घरायसी प्रयोगको लागि ल्याइएका १०० रुपैयाँको सामानमा भन्सार लगाउने, तर अर्बौंंको राजस्व छली गर्ने व्यापारीहरुलाई उन्मुक्ति दिने काम सरकारले नै गर्दै आएको छ । यदि अर्थमन्त्रालयको संलग्नता थिएन भने अर्बौंको राजस्व छली गरेर ईभी गाडी ल्याउने व्यापारीलाई किन कारबाही हुँदैन ? उल्टै ठूलो मात्रामा राजस्व छली गरेर नेपाल भित्र्याइएका ईभी गाडी सशस्त्र प्रहरीले पक्राउ गर्दा अर्थमन्त्री वाग्ले रमिते बनेर बसिरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *