अराजकको भिडमा सरकार ?

राजनीति समाचार

काठमाडौं । रास्वपा सरकार अराजकताको भीड हो ? होइन भन्ने दुई तिहाईको नाटकमा प्रधानमन्त्री बालेन साह, अर्थमन्त्री स्वर्णिम वाग्ले र गृहमन्त्री सुदन गुरुङ किन गर्जिुनुप¥यो ? यो देश विदेशी जासुस र फण्डिङ्गबाट चलेका गृहमन्त्री गुरुङ र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङले चलाउन सक्थे भने चुनाव गराउन कहिले खिलराज रेग्मी र कहिले सुशिाला कार्कीलाई राज्यको नायक बनाउनुपर्ने थिएन । दलीय सत्ताप्रतिको अविस्वासको कारण घटेका यी घटन जो केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डप्रतिको अविस्वासले उब्जाएका कानुनी समस्या हुन् । अहिले हर्कत बढी भएको छ । प्रधानमन्त्री साहको हर्कतले सदन अवरुद्ध गर्ने हर्क साङपाङ आफै नायक हुन् जो कृश्चियन फेडेरेशनको निर्देशन मान्छन् ।

सार्वभौम सत्ता र क्षेत्रीय अखण्डताका कुरामा जसले जसरी बोले पनि कतै न कतै रेकर्ड हुन्छ । संसार पहिलाको जस्तो छैन । आजको त्यो संसारले हिजोको फुर्ती मान्दैन । कुरा त्यो मात्रै होइन, देशको सार्वभौम अखण्डता र राष्ट्रिय स्वाधिनताका बारेमा पुरानाले गल्ती गरेकै भए पनि सच्याउने नयाँले हो । तर, त्यो नयाँ अराजक छ । प्रधानमन्त्री आफै अराजक छन् । अर्थमन्त्रीको धम्की संसदमा सुनियो , पूर्वाधारमन्त्री र ठेकेदारको खुट्टा भाँच्छु भन्छन् । गृहमन्त्रीको चरित्र पुरानै छ । जबकी यी कुनै मन्त्रीले सम्पत्तिको कर तिरेका छैनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *