कोइराला वंशबाट टाढियो कांग्रेस

राजनीति समाचार

काठमाडौं । विधानले तोककेो समयको ख्याल नगर्ने सभापतिको अधिकार प्रयोग गर्दै समय धकेन्दै आएको देउवा समूह अन्ततः कांग्रेसभित्र टाउको पनि उठाउन नसक्ने गरी थलिएको छ । त्यो खेमामा लागेका बालकृष्ण खाँड, मञ्जु खाँड, ज्ञानेन्द्र कार्की, मोहन बहादुर बस्नेतहरु भ्रष्टाचार छाविनकै दायरामा छन् । डा. आरजु यहाँ छुट्ने कुरै भएन । बारम्वार सत्तामा जाने आफ्नो स्वार्थभन्दा पर नसोच्ने प्रकाशमान सिंह, विमलेन्द्र निधिजस्ता विवादितहरुको पहिचान आफ्नो ठाउँमा पनि स्विकार्य भएन ।

बल बहादुर केसी, उमाकान्त चौधरी, विजय गच्छदारजस्ताका दिन पनि अब छैनन् । उनीहरु सधैं क्रियाशील सदस्य रहनुपर्छ आफू र आफ्नालाई पुगेपछि बल्ल अरुलाई भाग दिनेहरु हुन् । आज त्यो कांग्रसमा यस्तो स्वभाव टिक्दैन । कृष्ण प्रसाद सिटौलाको पछि लागेर बागमती प्रदेशको संसद हुँदै मन्त्री भएका कुन्दनराज काफ्ले भ्रष्टाचारमा चुर्लुम्म डुबेपनि उनले क्रियाशील सदस्य पाएका छन् । तर, त्यही समूहका उमाकान्त चौधरी मन्त्री हुँदा ५ हजार घुस पनि नछाड्ने सरकारी गाडी ध्वस्त बनाउनेको स्थिति के होला ?

कांग्रेसलाई दास र चाकडीवाजबाट मुक्त गर्ने गगन, विश्वको त्यो घोषणाले पार्टीमा पुराना भ्रष्टहरु ओझेलमा पर्दा पूर्णबहादुर खड्काको कार्यवाहकको पद अदालतले अवैध ठहर गरेको हो । डा. शेर कोइरालाले मौकाको सदुपयोग गर्न नजान्दा युवाहरुबाट पर पुगेको स्थिति छ । अब देउवा दरबार र कोइराला वंशमा कांग्रेसमा फर्कन कठिन छ । किन कि यो परिवारका डा. शशांक आफै बदनाम छन्, सुजाता भ्रष्टाचारकी त्रिमूर्तिमध्येकै चर्चित थिइन् । नेपाली पासपोर्ट वंगलादेशका ज्वाइ रुवेल चौधरीमार्फत् बेच्न सफल सुजाता स्व. गिरिजा प्रसादलाई हरेक काण्डमा फसाउने पात्र थिइन् । डा. आरजुका बारेमा भन्नै परेन । आज यस्ता पात्र र प्रवृत्ति नबोक्ने कांग्रेसको नीति बन्दै गर्दा घुक्र्याएका कृष्ण प्रसाद सिटौला र डा. शेखरलाई गगनसँग रिझाउन हिजो त्यहीँ टिममा रहेर पार्टी गतिविधिमा खेलोफड्को गरेका कारण हो । बाजेले घिउ खाए हात सुँघ त भने जस्तै अब हुँदैन । सिटौला र शेखरको सुस्मा को टिक्छ ?

कांग्रेसले गणतन्त्र, संघीयता र समावेशीताको मुद्दामा पार्टी लचाउन बुढानिलकण्ठ धाउनै पर्दैन । विधानको ख्याल गर्दा आफ्नै स्वार्थमा केन्द्रित हुने गलत चिन्तन अबको दलीय चरित्र हुँदैन । कुनै पनि दलमा यस्ता चाकडी, चाप्लुसी चल्देन । कांग्रेस दास र चाकडीवाज मुक्त बन्नुपर्छ भन्ने टीमको पछाडि जमात छ अरु थन्के ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *