काठमाडौं । नेकपा एमालेका नेता तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको स्वार्थमा ग्यासको मूल्य वृद्वि भएको छ ।
ग्यास उद्योगको सञ्चालन खर्चबारे अध्ययन गर्न बनेको समितिले उद्योगीले पाउने कमिसन प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसा मन्त्री भण्डारीको स्वार्थमा वृद्वि भएको सो कुराको उल्लेख गरेको हो । साथै उनले उच्च दरमा कमिसन बढाउने गरी प्रतिवेदन बनाउन दिएको निर्देशन पालना नगरेको भन्दै वाणिज्य विभागका महानिर्देशकबाट हटाएको आरोप समेत लागेको छ ।
मन्त्री भण्डारीले यसमा आफ्नो स्पष्टिकरण दिँदै पौडेलको सरुवासँग ग्यास उद्योगको खर्च वृद्वि सम्बन्धीत कुनै लेनादेना नरहेकोपनि बताएका छन् । अहिले प्रति सिलिन्डर १९ सय १० रुपैयाँ बिक्री मूल्य निर्धारण गर्दा निगमले तीन सय २९ रुपैयाँ ९३ पैसा घाटा व्यहोरिरहेको छ । आगामी १५ दिनमै ग्यास कारोबारमा ५२ करोड ८५ लाख रुपैयाँ घाटा हुने निगमले प्रक्षेपण गरेको छ ।
ग्यास बिक्रीमा आयल निगम सधैँ घाटामै रहन्छ तर, उच्चस्तरीय समितिमा पेट्रोलियम विज्ञहरुले खर्च घटाउने किटानै गरेर दिएको प्रतिवेदनविपरीत ग्यास उद्योगीको सञ्चालन खर्च बढाउनु उचित नभएको विवरण सार्वजनिक हुँदापनि समितिको सुझाव विपरी उल्टै मन्त्री भण्डारीको स्वार्थमा १८ फागुनको निगम सञ्चालक समिति बैठकमा कमिसन वृद्विको निर्णय गरेका छन् । यति ठूलो घाटामा रहेको निगमले अब प्रतिसिलिन्डर तीन सय रुपैयाँ ६८ पैसा घाटा व्यहोर्नुपर्ने रहेको छ ।