काठमाडौं । प्रहरी–प्रहरीबीचमै साइबर बुलिङ हुने गरेको पाइएको छ । तर यो साता यस्तै एउटा घटना सतहमा आयो । जुन बिषय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पुगे पछि थाहा भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको प्रमुखकै नाममा नक्कली आइडीबाट विभिन्न म्यासेजहरु पुगेको बिषयले अहिले प्रहरीहरुबीचै नै द्धन्द पैदा भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले समाजका ठूला–ठूला घटनाको अनुसन्धान गर्छ । तर, त्यही निकायको प्रमुखका नाममा नक्कली आईडीबाट विभिन्न व्यक्तिलाई इमेल पुगेको पाइएको छ । यसरी प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो प्रमुखकै नामबाट नक्कली एकाउण्टबाट गएको म्यासेजले प्रहरी–प्रहरीकै बीचमा विवाद चर्किएको छ ।
सिआइबीको कार्यालयका प्रमुखको नाम दुरुपयोग गरी ठगी गर्ने अभिप्रायले विभिन्न व्यक्तिलाई इमेल गएको बिषयमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार यसमा प्रहरीकै केही कर्मचारीहरुको संग्लनता रहेको आंशका गरिएको छ । सिआईबी प्रमुखका नाममा भएको उक्त साइबर बुलिङमा प्रहरीकै केही कर्मचारी संलग्न रहेको आशंका गरिएको छ । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयकै केही प्रहरी कर्मचारीहरु सिआइबीका प्रमुखलाई बदनाम गराउनका लागि नक्कली खाता प्रयोग गरी म्यासेज पठाइएको पाइएसँगै प्रहरी प्रहरीबीचकै साइबर बुलिङ्गको घटनाले उग्र रुप लिने संकेत देखिएको छ । उक्त घटनामा नक्साल हेर्डक्र्वाटरमा शक्तिकेन्द्रसँग नजिक रहेर काम गरेका अधिकारीहरु शंकाको घेरामा परेका छन् । उनीहरु उपर अनुसन्धान भइरहेको स्रोतले बताइको छ ।
प्रहरी प्रधान कार्यालयस्थित आईजीपीको सचिवालयले कन्टेण्ट क्रिएटरहरुको एउटा टोली बनाएको छ । उक्त टोलीले विभागीय कामका बारेमा सामाजिक सञ्जालबाट आएका क्रिया–प्रतिक्रियाको अध्ययन गर्ने र कतिपय भ्रमक विषयलाई निरुत्साहित गर्ने काम गर्दै आएको पाइन्छ । प्रहरी प्रधान कार्यालयको अडिटोरियम हल हाताभित्रको एउटा कोठामा आईजीपी सचिवालयको एउटा टोली कन्टेण्ट क्रिएसनका निम्ति काम गर्ने गर्दछ । सोही टिममाथि आंशका गरिएको छ । एसपीको कमाण्डमा त्यहाँका एक इन्सपेक्टरका साथै विभिन्न दर्जाका प्रविधि सञ्चालनमा दक्ष अन्य प्रहरी संलग्न रहेको आशंका गरिएको छ । यो बदमासीको बिषयलाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपषिद्को कार्यालयमा उजुरी समेत पुगेको छ । जहाँ तीन जना असईहरु एक हवल्दार, २ जना सहायक हवल्दारहरुहरु कन्टेन्ट क्रियसनको काममा सक्रिय रहेको र सिआईबी प्रमुखका नाममा उनीहरुले नै इमेल गरेका हुन् वा होइनन् भन्ने बिषयमा अनुसन्धान भइरहेको छ ।
गत साता नै यस्तो आशंका गरिएपछि प्रधानमन्त्रीको सचिवालयमा यससम्बन्धी सरोकार राख्नेहरु तीन छक परेका छन् । उसो त प्रहरी प्रधान कार्यालयमै अर्को एआई सेल गठन गरिएको छ । उक्त सेलको पनि काम त्यहीँ हो । संगठन प्रमुखको विरुद्ध लेख्ने पत्रकार र विभिन्न ब्यक्तिहरुको फेसबुक वाच गर्ने, स्क्रिनसट गर्ने र अत्याधिक रिपोर्ट गरेर पोस्ट हटाउन प्रयास गर्नेसम्म काम त्यहाँबाट हुँदै आएको बताइन्छ । त्यसैबीच निर्वाचन प्रहरीका लागि भएको कपडा खरिद प्रकरणमा केही प्रहरी उच्च अधिकारीहरु विरुद्ध अख्तियारले मुद्धा चलाउने भएको छ । यदी यो प्रकरणमा अख्तियारले खुट्टा लडबडाएन भने प्रहरी प्रमुख समेत भ्रष्टाचार मुद्धा लागेर निलम्बित हुने स्थिति आउने देखिन्छ । यदी यस्तो भएमा वालेन सरकारका लागि कुचोले बढार्नु पर्ने कसिंगर हावाले बढाएझैं हुनेछ ।

