काठमाडौं । वामपन्थी मोर्चा र सहकार्यलाई नदिए तापनि आपको पद धरापमा पर्नबाट बच्ने उपायको खोजीमा एमाले अध्यक्ष ओली रहेका छन् । उनलाई आफ्नै नेतृत्व विकल्प रहित लाग्दो हो ? तर उनले ११ औ महाधिवेशनमा पुलपुल्याएका महासचिव र दुई उपाध्यष विष्णु पौडेल र पृथ्वी सुब्वा गुरुङ मात्र होइनन्, सचिव डा. राजन भट्टराई र खगराज अधिकारी उपमहासचिवतमा पराजित विष्णु रिमालसम्मले विकल्प खोज्दा अध्यक्ष ओली जंगिएका थिए ।
चुनावमा उम्मेदवार छान्दा छोस् वा समानुपातिक कोटामा सासदको सूची तयार पार्दा होस् पदाधिकारी वीचमा अध्यक्षलाई जिम्मेवारी दिएर उम्केका तीनै पदाधिकारीले आज अध्यक्षमाथि टोकसो गर्दैछन् । पयाधिकारी हुने जिम्मेबारी लिन नसक्नेहरु पार्टीमा सामुहिक नेतृत्वको पक्षमा एकजुट नहुँदा ओलीको एकल निणर्यवाट भएका कामका अपजस तिनैले लिनुपर्छ भन्ने भनाइ आएको हो ।
प्रदेशस्तरको भेलाबाट केन्द्रीय समितिमा प्राप्त सुझाव उपाध्यक्ष रामवहादर थापाले प्रस्तुत गर्ने छन् । केन्द्रीय सदस्यहरुको जमघटवाट केन्द्रका रैथानेहरुलाई पंगु बनाउने दाउमा अध्यक्ष छन् । समाजवादीका संयोजकले महाधिवेश गरौ नेतृत्व परिवर्तन गर्ने हो भने पनि गरौ तर विचार र कार्यक्रम मिल्नेबीचमा मोर्चा कार्यगत एकता वा पार्टीको एकता गर्ने भए गरौ भन्दा ओलीले आफ्नै ढिपी प्रस्तुत गरे ।
हामी कमजोर छैनौं, एमालेमा प्रवेश गर्नेलाई स्वागत छ, तत्काल एकताको प्रसंग जरुरी छैनसम्म भनेका छन् । उनको दब्ले एमाले झन् खस्कने अवस्थामा छ । जसले ओलीको कृपामा पद पाए ती भक्त नै भए, पदको आशा गर्नेलाई विकल्प खोज्नु छैन । अध्यक्ष ओलीसँग जोरी खोज्नेहरु जाकिन्छन् भन्ने शब्द उपाध्यक्ष विष्णु पौडेल आस्रित स्वर बलियो बन्दै गर्दा अध्यक्ष ओलीलाई राहत मिलेको छ । पद त्याग्न परे कुर्सी भाँच्ने धम्की दिएका अध्यक्षले संसदमा दुई तिहाईको सत्ताको सदुपयोग गरेको भए रास्वपा यो स्थितिमा आउने थिएन । २०७ ४ सालमा प्राप्त जनमत सदुपयोग गरेको भए कम्युनिस्ट शक्रिमाथि कसैको प्रहार हुने थिएन । राष्ट्रपति पदको दुरुपयोग गर्दा साथ चाहियो पार्टी राजनीतिमा आउन सदस्य नविकरण गर्दा होल्डगर्ने काम धेरैलाई पचेको थिएन । अध्यक्षबाट आज तीनै विद्यादेवी भण्डारीलाई देखाएर विकल्प खोजनेमाथि मौखिक रुपमा प्रहार गर्ने काम भएको छ ।
एमाले बलियो शक्ति बनोस् नेताहरुको मोर्चाको अगुवाई एमालेले गरोस् देशभक्त शक्तिलाई बचाओस् भन्ने मत ठूलो छ । पुरानो माओवादी र एमाले मिल्ने हो गलगाँड रुपी नेत्रविक्रमचन्द मोहन विक्रम सिंहहरु व्यक्तिमा केन्द्रित हुने पक्का छ । यीनले फागुन २१ मा पाएको जनमत जनताले देखेकै छन् ।

