ईभी गाडीको यात्रा जोखिमपूर्ण बन्दै

अर्थ/वाणिज्य राजनीति समाचार

सरकारले प्रदुषण नियन्त्रण गर्ने भनेर ‘ईभी’ गाडीलाई प्राथमिकता दिएपछि व्यापारी र विचौलियाहरु मालामाल भएका छन् । त्योसँगै सत्ताधारी पार्टीका सांसद र मन्त्रीहरुले पनि कमाउधन्दाको खेलोफड्को गरिरहेका छन् । केही महिना अगाडि चीनबाट ईभी गाडी भित्र्याउने सिलसिलामा ठूलो मरिणाममा राजस्व छली भएको काण्डमा अर्थमन्त्री स्वर्णिम वाग्ले मुछिएको समाचारले हप्तादिनसम्म सञ्चारमाध्यमहरु भरिभराउ भएका थिए । त्यो समाचार सेलाउन नपाउँदै व्यापारीहरुमा पनि ईभी गाडी भित्र्याउन होडवाजी चलेको छ । पछिल्लो समय नेपालमा पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि भएपछि यातायात व्यवसायीहरुले पनि ईभी गाडी खरिद गर्न थालेका छन् । तर, ईभी गाडी प्रयोग यात्रुहरु मारमा परिराखेका छन् ।

यात्रुहरु मारमा परेसँगै दूर्घटनाको जोखिम पनि त्यत्तिकै छ । वार्षायाम लागेसँगै ईभी गाडी दूर्घटनाका समाचारहरु सार्वजनिक भइरहेका छन् । ईभी गाडी पेट्रोलियम गाडीको तुलनामा गुणस्तरहिन सावित भइरहेका छन् । ईभी गाडीहरुमा सिसा खोल्न नमिल्ने, ढोकाबीचमा खुल्ने, ‘स्टाट’ एक्कासी बन्द हुने र भनेको बेलामा ब्रेक नलाग्ने जस्ता समस्याले गर्दा नेपालमा ईभी गाडी यात्रुहरुको लागि जोखिमपूर्ण बन्दै गएको छ । खासगरी ईभी गाडीहरु सहरी इलाकामा चलाउनुपर्ने हुन्छ ।

तर, नेपालमा भने दूर्गम पहाडी भेकमा बढी चलाउने गरिएको छ । त्यसले गर्दा पछिल्लो समय दूर्घंटना बढिरहेको छ । सरकार र सम्बन्धित निकायले त्यस्ता विषयमा ध्यान दिन सकेको छैन । अन्य मुलुकमा सहरी इलाका, बाक्लोवस्ती र छोटो दुरीका लागि प्रयोग हुने ईभी गाडी नेपालमा भने लामो दुरी र दूर्गम क्षेत्रमा प्रयोग गर्दा दूर्घटना बढिरहेका छन् । ईभी गाडीमा लामो दूरी यात्रा गर्दा यात्रुहरुलाई वाकवाक लाग्ने, थकान महसुस हुने गर्दछ । अन्य गाडीको तुलनामा ईभी गाडीमा झ्यालहरु खुल्ला नहुने र हावा नछिर्ने भएकाले लामो दुरीको यात्रा कष्टकर बन्ने गरेको छ । त्यसैले गर्दा लामो दुरीको यात्राका लागि ईभी गाडीको यात्रा जोखिमपूर्ण सावित हुँदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *