प्रधानमन्त्री कार्यालयमा संवैधानिक अंगहरु आतंकित

राजनीति समाचार

काठमाडा्रैं । सुन्दा अचम्म लाग्छ होला, सिंहदरबारभित्रको प्रधानमन्त्री कार्यालयमा उनको राज्य छ भन्ने कुरा । तर, उनीहरुलाई सल्लाहकार, सचिवालय सदस्य स्वकीय सचिव जस्ता पद दिइएको छ । तर तीनको व्यवहार र शैली हेर्दा संवैधानिक अंग र सुरक्षा फौजसमेत आतंकित बनेका छन् । संविधानले चिनेको प्रधानमन्त्री आफै डनवादको शैलीमा आकलझुकल संसदमा पुग्दा संसदको गरिमा राख्दैनन् । संसदको ठूलो मान्छे सभामुख हो भने सरकारको ठूलो प्रधानमन्त्री हो ।

व्यक्ति यहाँ ठूलो होइन पदीय गरिमा महत्वपूर्ण हुन्छ । तर प्रम कार्यालयका डनहरु आफू भन्दा ठूलो अख्तियारलाई तर्साउँछन्, सर्वोच्च अदालतलाई धम्क्याउँछन् । यीनैले रु २६ अर्ब भ्रष्टाचार गर्न राहदानी काण्ड मच्चाउछन् । हिजोका शासकलाई तेरा बाबुले बनाएको होइन नेपाल भन्ने बालेन्द्र शाहलाई प्रधानमन्त्रीको गरिमा बचाउनु छैन । उनले राखेका कुमार वेन, अशिम शाह, माधव खनाल, नविन भण्डारी, सुभाष शर्मा, तीर्थराज अर्याल, विबेक मिश्रजस्ताको व्यवहारले जलेको सिंहदरबार बन्नु त कता हो कता देश बन्ने विश्वास गर्न सकिँदैन ।

प्रधानमन्त्रीले लाशमाथि कर लगाएर यीनको भरणपोषण गर्दैछन् । संसारमा यस्तो हुँदैन । हिजो बिग्रका, भ्रष्ट र आतंककारी भनेर यीनले नाउ राखेका शेर बहादुर, प्रचण्ड, केपी ओलीहरुले लासमाथि कर लगाएका थिएनन् । रोगीले बाँच्न, उपचार गर्दा तिरेको शुल्कमा कर लगाएनन् । शिक्षा निशुल्क, संविधानले भन्छ जान्नेलाई छानेकाहरुले पढेबापत पनि कर लगाएर देश कता लगिँदैछन् । राज्य लुट्न आएको हो भने भौतिक पूर्वाधारमा लुटे भयो । ठेकेदारको खुट्टा भाँच्ने सुनिल लम्साल नामको मन्त्री पनि खराने समूहकै सदस्य हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *