मधेसमा बालेन्द्रको विरोध

राजनीति समाचार

काठमाडौं । ठूला व्यापारीको सामान छोड्न प्रहरी र सशस्त्र प्रहरी र भन्सारका कर्मचारीले आँखा चिम्लन्छन् । तर, सीमा क्षेत्रका जनताले घराएसी प्रयोगका लागि भारतीय बजारबाट एक किलो सामान ल्याउन नपाउने व्यवस्थाले प्रधानमन्त्री बालेन्द्र विरुद्ध मधेस लागेको छ । घर नेपालमा छ जमीन भारतमा छ । नेपालबाट आरतीय बजारमा दूध बेच्छन् तर सीमा नाकामा कृषि उपजलाई समेत प्रति केजी रु. १ सय कर लगाएकै छ ।
महोत्तरी वडहराका जनताले आफ्नो गाउँको बालेन्द्र प्रधनमन्त्री भए भनेर लड्डु बाँडेर अविर जात्रा गरेका थिए

। तर, बालेन्द्रले सरकारको नेतृत्व गर्दा सीमा क्षेत्रका जनतामाथि शोषण नै गरेका छन् । देशको कार्यकारी प्रमुख यस्तो विवादित छ भने मधेसले न्याय पाउँदैनन् भनेर बडहरावासीले भन्न थालेका छन् । मधेसलाई सत्ताको भ¥याङ बनाएको मधेसवादी शक्तिलाई जनताले विरोध गर्नु भनेको निर्वाचन हराउनु मात्र थिएन । पद र कुर्सीका लागि लड्ने राज्य स्रोतमा रजाईँ गर्ने हो । ‘हामीले मधेसको छौरा भनेर रास्वपालाई बालेन सम्झेर घण्टीमा भोट दियौं तर आज पछुतो लागेको छ ।’ जबसम्म बालेन्द्र सरकारमा रहन्छन् तबसम्म मधेसमाथि अत्याचार हड्टैन ।

सरकारको कृषि सामग्री कम्पनीले बेच्ने मल समयमा पाइँदैन । आफ्नै प्रयोजनका लागि भारतबाट मल ल्याउँदा प्रहरीले पक्राउ गरेको छ, विगतमा यस्तो भएको थिएन । सुपात्र भनेर बालेन्द्रको नाउमा भोट थुप्रियो । मधेसमा संगठन नभए पनि रास्वपाले ३० सिट जितेको छ । तर जनताको पीडामा रास्वपाकासांसद चिन्तित छैनन् । प्रधानमन्त्रीलाई मधेसी भएर मधेसको पीडाप्रति चासो छैन । वडहरामा बालेन्द्रको विरोध चर्कँदैछ । जुन ठाउँ उनको पुख्र्यौली थलो हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *