सुकुम्बासीको नाममा २ अर्ब ११ करोड स्वाहा

राजनीति समाचार

काठमाडौं । पुराना दलले ३५ वर्षमा रु २ अर्ब ११ करोड सके । सुकुम्वासी समस्या जस्ताको त्यस्तै भन्ने गीत गाउँदै बालेन सरकार होल्डिङ्ग सेन्टरका सुकुम्वासी खेदाउँदै छ । अरुले नगरेको काम गर्ने भन्दै जनतामा भ्रम छर्न सफल यो सरकारका सबै दिन काहाली लाग्दा थिए । आज सिंहदरबारमा सत्ता आतंक तीनले मच्चाएका छन् । तर, तीनलाई नत कानुनले चिन्छ, न त हस्ताक्षर तीनको चल्छ ।
राजधानका भित्री खोला किनारमाथि नजर लगाएर वैकल्पिक उपाय नखोजी डोजर आतंक मच्चाइयो । त्यसको सिको गृहमन्त्रालय मातहतका प्रजिअहरुले गर्दा ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने ¥यापर प्रधानमन्त्रीको भित्री रुप पहिचान भयो । दलहरुले सरकार फेरबदल हुनासाथ कार्यकर्ता भर्ती केन्द्र बनाएर गाडी, तलबको व्यवस्था गरे काम सम्पन्न गरेनन् ।

चुनावी मसला र भोट बैंक बनेका सुकुम्वासीले रास्वपको घण्टीमा मत दिएको चार महिना पुर नहुँदै असार ११ गते सुक्वासी वस्तीमा डोजर चल्यो । महानगर प्रमुख हुँदैमा सडकका फुटपाथे व्यापारी, मकै पोल्ने, सामान बेच्ने र गुजरा चलाउनेमाथि प्रहार गरेका बालेन्द्रलाई तत्कालीन सरकारसँग रिस थियो ।तर, विकल्प व्यवस्था बिना सुकम्वासी वस्ती भत्काउन तत्कालीन सरकारले दिएन ।

जब बालेन आफैले गृहमन्त्रालय पनि समालेको मौका थियो त्यहीँ बेला वस्तीमा डोजर चल्यो । अहिले पुरानाले सुकुम्वासीका नाउमा २ अर्ब ११ करोड सके भन्दै सरकार चम्केको छ । तर, होल्डिङ्ग सेन्टरका सुकुम्वासीलाई ठाउँ छोड्न दबाब दिँदा मानवियता हराएको थाहा पाएको छैन यो सरकारले । सरकारले वास्तविक सुकुम्वासीको आँकडा दिन सक्दैन । राज्य सञ्चालक पूर्वाग्रहमा लिप्त हुँदा आएका समस्यामा सभापतिले काँध थापेका छन् । मधेसको धार्मिक दंगामा सरकार पूर्ण रुपमा असफल भयो । पठायो चलाउनेदेखि सुकुम्वासीसम्म मार्न सफल सरकारले मधेसका ३ युवाको ज्यान लिँदा पनि आफ्नो सत्ता ठिक भन्दै छ ।, यो नै अहंकार, दम्भ र धमन्डी प्रवृत्ति हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *