पूर्व प्रम खोज्दै प्रधानमन्त्री बालेन्द्र

राजनीति समाचार

काठमाडौं । आफू कसैको विश्वास नगर्ने तर पूर्व प्रधानमन्त्रीहरुको काम खोज्ने प्रधानमन्त्री बालेन्द्र शाहका फेसबुक स्टाटस नै जनताले पत्याइदिनुपर्ने भएको छ । बाढीपीडित क्षेत्रका जनताको आवाजभन्दा रास्वपाको फेसबुके टीमका कुरा पत्याइदिनुपरेको छ । मन्त्रीहरु सैनिक हेलिकप्टर चढेर घुमेका छन् । तर बेत्रावती नतरेको सरकार सेनाको ब्यारेकमा राहत थुपारेर फर्किएको छ । बेत्रावती नतरेको सरकार सेनाको ब्यारेकमा राहत थुपारेर वितरणमा ढिलाई गर्दै पूर्व प्रधानमन्त्रीहरुको काम खोज्दै फेसबुक स्टाटसमा रमाएको छ ।

दलका युवाहरु बेपत्ताको खोजीमा छन् । सांसद ज्वाला संग्रौला, आशिका तामाङहरुको प्रचार आफ्नै तालको छ । अनुभवी पुराना दलका नेताहरुको खोजी गर्दा प्रधानमन्त्री नै सर्वदलीय बैठकको दश सुत्रीय घोषणाबाट बेखबर भएको देखिन्छ । प्रधानमन्त्री धर्म मान्छन्, मठमन्दिर जान्छन् । तर, उनी आफू पितृशोकमा भएको बेलामा मुक्तिनाथ पुगेर स्वतन्त्र तिब्बत पक्षधरको गुम्बा अबलोकन गरे । तर उनले पितृशोकको वर्ष दिन नपुग्दै शिवालय मन्दिर गए जस्तो मुक्तिनाथ होइन भन्ने सोचेनन् ।

जान्नेहरु शासक भएको बेला दैवीविपत्ती आउनु थिएन । यो बेला दलीय एकता जसरी थियो, त्यसमा प्रधानमन्त्रीले संसदीय बैठक राख्नुपथ्र्यो । तर सभापति रवि लामिछानेले राखेका छन् । प्रधानमन्त्रीले मधेसका धार्मिक द्वन्द्वको सामना गर्दा सर्वदलीय बैठक पछिका गतिविधि नियाल्न कति सके ? उनमा अझै दम्भ हटेको छैन । रसुवाको दैवीविपत्तीपछि पनि प्रधानमन्त्री दलहरु भन्दा आफ्नै खरानी समूहको हाइहाइमा रमाएका छन् । सरकार दुई तिहाइको भए पनि काममा विचार नगर्दा सबैतिर असफल भएको छ । कांग्रेस, एमाले र नेकपा आन्तरिक द्वन्द्वको फाइदा सरकारले उठिइरहेको छ । प्रधानमन्त्रीलाई पार्टीको पद चाहिने संसदीय दलको नेताको मर्यादा लत्याएर किसान, मजदूर, कर्मचारी, शिक्षक, प्रहरी, पत्रकार, कानुन व्यवसायी र अदालतको समेत मर्यादा नराख्ने घमण्ड प्रदर्शन गर्ने नैतिक हिन बन्न किन मन भयो प्रश्नको जववाफ छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *