सिआइविको नजरमानपरेको नेपालको दूरसञ्चार क्षेत्रको माफियाकरण

राजनीति समाचार

काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्रमाअहिले दुईवटा समानान्तर नाटक मञ्चनभइरहेको छ । पहिलो नाटक स्मार्ट टेलिकमको सम्पत्तिहो, जहाँ राज्यको करिब ३० अर्ब रुपैयाँ बराबरको दाबीलाई ४.६ अर्बमानिजी बैंकमार्फत एनसेललाई बेचिएको छ । जसलाई केन्द्रीय अनुसन्धानब्युरोले केहीहदसम्मकिनारा लगाएको छ । दोस्रो नाटक भने यहि राज्य संयन्त्र भित्रबाट मञ्चनभइरहेको छ, जहाँसिआइविको अनुसन्धान घेरामानपरेको मृतप्रायःभएको युनाइटेड टेलिकम लिमिटेड लाई अर्वौ बक्यौतामिनाहा गरी तेस्रो अपरेटरका रूपमापुनःभित्र्याउनभएको चलखेल । नेपालको सन्दर्भमापहिलो कथा अपराधहो भने दोस्रो कथा प्रणाली हो। प्रणालीगत अपराध सधैं फौजदारी अपराधभन्दाखतरनाक हुन्छ।सिआइविको अनुसन्धानको घेरा भित्र स्मार्ट मात्रकिन, युटिएल. हेलोनेपाल, एसटिएम र एनसेल किन पर्दैनन्  ?

सिआइविको आरोपपत्रमाभूपेन्द्र भण्डारीले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षका रूपमा राज्यको दाबी रहेको सम्पत्ति बैंकले लिलाम गर्नुअघि नियतवश समयमै कानुनीकदमचालेनन्। एनसेलले स्मार्टको सम्पत्तिकिनिसकेपछि मात्र २०८२ असोज ४ (२१ अक्टोबर २०२५) माउनले सम्बन्धितपत्र पठाएका थिएभन्ने उल्लेख भएको छ । तर यस सन्दर्भमासिआइविले सोध्नुपर्ने अझ ठूला प्रश्नहरू अनुत्तरित रहेका छन्।स्मार्टभन्दा धेरै गुणा ठूलो राजस्वसँग जोडिएको युटिएल र हेलो नेपाल संगको विषयकिनसिआइविको अनुसन्धानमा परेन ? सरकारी बक्यौतानतिरी अदालतलाई ढाल बनाएर बसेको युटिएलले २०८० सालमा सर्वोच्च अदालतमा मुद्दा हारेपछि हाल सम्म पनिप्राधिकरणले किनउसको अनुमतिखारेज गरेन ? र हेलो(नेपालको बक्यौता नउठाएकोमाकिनप्रश्न गरेन ?

प्राधिकरणले जुन२०२४ मा युटिएललाइ १५ दिने अल्टिमेटम दिएर पनिबक्यौतानतिरेपछि नोभेम्बर २०२४ माबोर्डमापुगेको खारेजी प्रस्तावकसले किनथन्क्यायो ?त्यहीअवधिमाअध्यक्ष भण्डारीले स्पेक्ट्रम बाँडफाँडको निर्णयमा हस्ताक्षर गरेर पनिकार्यान्वयन गर्न किन अस्वीकार गरे ? सिआइविले स्मार्टलाई प्राधिकरण अध्यक्षको रहस्यमयमौनताले बैंकले बेचेको कार्यलाई अवैध ठह¥यायो, तर युटिएललाई प्राधिकरणले अवैध रूपमा जोगाएको विषय र अजय सुमार्गीले राज्यलाई तिर्न वांकी रकमका सम्बन्धमामामौन रह्यो। अवैध स्मार्ट खरिद–बिक्रीमा २२ जनालाई प्रतिवादीबनाइयो, तर युटिएललाई १० वर्षसम्म जोगाउने प्राधिकरणका पदाधिकारी र मन्त्रालयका निर्णयकर्ताको भूमिकाखोजिएन। यसरी अनुसन्धानलाई एउटा फाइलमा सीमितपार्नु नै माफियातन्त्रको सफलताको पहिलो लक्षण हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *