तिहारलाई सभ्य बनाऔं, अनावश्यक खर्च र विकृति रोकौं

अर्थ/वाणिज्य प्रमुख राजनीति विविध समाचार सम्पादकीय

नेपालीहरुको बडा दशैं सकिएसँगै आइतबारबाट पञ्चक सुरु हुँदैछ । पञ्चक लागेसँगै तिहार सुरु हुन्छ । त्यसैले गर्दा नेपालीहरुले देउसी, भैलो र जुवातास, कौडा खेल्ने गर्छन् । तर नेपालको हिन्दु धर्म अनुसार देउसी, भैलो खेल्नु, नाचगान गर्नु, लोक दोहोरी लागउनु, राम्रो पक्ष हो । तर त्यो नगरी कतिपय व्यक्तिहरुले मदिरा पिउने, जुवातास खेल्ने र होहाल्ला गर्ने नराम्रो पक्ष बन्दै गएको छ । त्यसले गर्दा सभ्य नेपाली बनौं । आफ्नो धर्म संस्कृति अनुसार चाडबाड मनाऔं
दिदीबहिनीले आफ्ना दाजु भाइलाई टिका लगाएर माला लगाइदिने परम्परा छ । दिदीबहिनीले माला र टिका लगाइ दिएपछि दाजु भाइले पनि गच्छे अनुसार दिदीबहिनीहरुलाई दक्षिणा दिने गर्दछन् । त्यसैलाई नै धर्म संस्कृति अनुसार मान्यता दिनु पर्दछ । तर पछिल्लो समय धर्म र परम्पराको नाममा जुवातास खेल्नु, पटका पड्काउनु, लंगुरगुच्चा खेलाउनु नेपाली परम्परा होइन ।
आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले आफ्नो धर्म तथा परम्परा अनुसार तिहार भव्य र सभ्य रुपमा सम्पन्न गरौं । जुवातास नखेलौं, मदिरा नपिउ, देउसी भैलो खेलौं, रमाइलो गरौं र टिका लगाऔं त्यही नै हाम्रो नेपालीको पहिचान हो । तर अधिकांश नेपालीहरुले दशैं–तिहारमा अत्याचार खर्च गर्ने र जथाभावी मदिरा पिउने, जुवातास खेल्ने परम्परालाई त्याग्नु पर्दछ । किनकी मदिरा पिउनु, जुवातास खेल्नु, धनको नोक्सानी गर्नुको साथै घरपरिवारमा झगडा निम्त्याउने काम मदिरा र जुवातासले गराउँछ । त्यसले गर्दा आम नेपाली दाजुभाइ दिदीबहिनीहरुले दिपावली, छठ जस्ता पर्वहरुमा जथाभावी खर्च नगरौं । घाटी हेरेर हाड निलौं र सभ्य नागरिक बन्न सिकौं । सभ्य नागरिक बनेर देशमा सुशासन, अमनचयन, भ्रष्टाचार मुक्त देश बनाउनको लागि सबै मिली अगाडि बढौं । तर नेपालको राजनीतिक र आर्थिक अवस्थाको कारण आम सर्वसधारणहरु महंगी, विकृति र भ्रष्टाचारमा पिल्सिरहेका छन् ।
त्योसँगै गत भदौ १० गते भोटेकासीमा आएको बाढीले पाँच वटा जिल्लालाई क्षेतविक्षत बनाएसँगै अरबौंको भौतिक संरचना ध्वस्त बनाएको छ । ठूलो जनधनको क्षति पु¥याएको थियो । त्यो क्षतिले गर्दा नेपालीले दुःख खेप्नु परेको छ । त्यसैले कतिपय अभिभावकहरुले आफ्ना बालबच्चाहरु गुमाएका छन् भने कतिपय बालबालिकाहरुले आफ्ना अभिभावकहरु गुमाएका छन् । त्यसै कारण आम नेपालीहरुले यस्ता दुःखद घडीमा चाडापर्व मनाउँदा जुवातास र नशालु पदार्थ प्रयोग नगरौं । भुइचम्पा, पटका झिरझिरे जस्ता वस्तुहरुबाट टाढा रहौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *