काठमाडौं । रास्वपाको सरकार बनेपछि सबै क्षेत्र आतंकित बनेको छ । किनकी सरकारले गर्ने व्यवहार र नीतिले देखाएको छ । सरकारकै कारण कर्मचारी, पत्रकार, व्यापारी, न्यायालय, सुरक्षा निकाय आतंकीत भएका छन् । राज्यले निष्पक्ष ढंगले भ्रष्टाचार र विकृति विरुद्ध छानविन गर्नु पर्नेमा आधारहीन र तथ्यविहीन ढंगले विभिन्न व्यक्तिहरुलाई पक्राउ गर्नुले राज्य आतंक सुरु भएको आम सर्वसाधारणले महसुस गर्न थालेका छन् ।
सरकारले जथाभावी पत्रकार, व्यापारी, कर्मचारी लगायत विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको छ । केही समय पहिला अख्तियार प्रमुखलाई सोधपुछको लागि भन्दै प्रधानमन्त्री कार्यालयमा बोलाएर केही घण्टा राखिएको थियो भने हालै जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रमुख इन्जिनियर कृष्णप्रसाद रिजाललाई पक्राउ गरेर कर्मचारीतन्त्र भित्र आतंक सिर्जना गरेको छ । दुवैलाई कहाँ र कुन स्थान राखिएको छ भन्ने कुरा अहिलेसम्म सार्वजनिक हुन सकेको छैन । कतिपयले प्रधानमन्त्री कार्यालयमा राखिएको आशंका गरिएको छ ।
त्यसको वास्तविकता भने सार्वजनिक हुन सकेको छैन । त्यसैगरी नेपाल सरकरको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानका कर्मचारीहरुलाई भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरेपछि कर्मचारीहरु झन् आक्रोशित भएका छन् । त्यसले गर्दा नेपालका अधिकांश संघसंस्थाका कर्मचारीदेखि सरकारी निकायका कर्मचारीहरु समेत त्रसित भएका छन् । कर्मचारीहरु काम गर्ने मनस्थितिमा छैनन् । बरु जागिर गए जाओस् भन्ने मनस्थितिमा पुगेका छन् । किनकी कर्मचारी पक्राउले गर्दा उनीहरुले काम गर्ने मेसो पनि पाएका छैनन् । कति खेर फसिने हो ? के काम गर्दा उचित हुन्छ ? के काम नगर्दा अनुचित हुन्छ भन्ने मेसो कर्मचारीले पाउन सकेका छैनन् ।
त्यसैगरी तीस वर्षे सेवा अवधि र ५५ वर्षे उमेर हद आजै लागु हुन्छ भोलि नै लागु हुन्छ भन्ने हल्लाले पनि कर्मचारीहरु त्रसित भएका छन् । अधिकांश कर्मचारीहरुले खल्तीमा राजीनामा बोकेर बसिराखेका छन् । सरकारको नीति एकातिर छ भने कर्मचारीको नीति अर्कोतिर छ । नीतिनियम विपरीत कर्मचारीहरुले कलम चोप्ने गरेका छैनन् । सरकार भने जसरी पनि काम फत्ते गर्नु पर्ने लाइनमा छ । त्यसैगरी भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवामा पनि विभिन्न फन्दा ल्याएर कर्मचारीहरुलाई आतंकित बनाइको छ । विगत केही वर्षदेखि कर्मचारी सरुवामा रकमको चलखेल हुँदा केही कर्मचारीहरुले गुनासो गर्ने गरेका थिए । त्यसलाई आधार बनाएर भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले कर्मचारी सरुवामा व्यापक सुधार गरेको प्रचार गरेर आफ्ना स्वकिय सचिवहरुलाई अगाडि सारेर कर्मचारी सरुवामा रकम चलखेल गरेको आरोप छ । त्यसमा पनि कसैलाई काखा कसैलाई पाखा गर्ने काम मन्त्री रावलले गरेको गुनासो छ । त्यसले गर्दा कर्मचारीमा काम गर्ने वातावरण समेत हुन नसकेको पीडित कर्मचारीहरुले बताएका छन् ।

